खिम प्रकश डि.सी
राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा उपकार लघुबित वित्तीय संस्था द्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । उपकार लघुबित वित्तीय संस्था चिलहरीया शाखाले सोमबार केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
उपकार लघुबित वित्तीय संस्थाले राप्ती सोनारीका महिलाहरुको जीवन स्तरमा ठूलो परिवर्तन ल्याएको बताएको छ । राप्ती सोनारी ५ चिलहरियामा शाखा स्थापना गरेर विगत लामो समय देखि महिला दिदी बहिनिहरुलाई उधमी बनाउँदै आत्म निर्भर बनाएको दावी गरेको थियो ।
कार्यक्रममा सहभागी महिलाहरुले बिना धितो पायको ऋणले उधमी बन्न सफल भएको उल्लेख गरेका थिए ।
केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम ५ वटा केन्द्र उत्कृष्ट घोषणा गरि पुरस्कृत समेत गरिएको थियो, जस मध्य केन्द्र नम्बर १९ की तिलसरा पुन उत्कृष्ट बाख्रा पालन व्यवसाय, केन्द्र नम्बर ६५ की प्रेम कुमा चौधरी उत्कृष्ट तरकारी खेती व्यवसाय, केन्द्र नम्बर ९७ की माधवी ब्राहमण उत्कृष्ट भैंसी पालन व्यवसाय, केन्द्र नम्बर ६२ कीमालति गिरी बटाला उत्कृष्टबाख्रा पालन व्यवसाय र केन्द्र नम्बर ४८ की बिमा बोहरा उत्कृष्ट बचत कर्ता भएका थिए, उनिहरुलाई प्रमान पत्र र सामाग्रि सहित पुरस्कृत गरिएको थियो ।
उपकार लघुवित वित्तीय संस्थाकी संचालक आरति पौडेलले महिला दिदी बहिनिहरुको सहयात्री संस्था बन्ने र कसैले ब्यबसाय गर्न चाहन्छ, सम्पती छैन, पुजि छैन त्यसको लागि उपकार लघुवित वित्तीय संस्था साथी बनेर सहयात्रा गर्ने बताएकि छन् । वित्तीय संस्थाहरुको विभिन्न खाले भ्रमको पछि नपर्न समेत पौडेललेले आग्रह गरिन ।
कार्यक्रममा संस्थाका कर्मचारी, वडा न. ४ का वडा अध्यक्ष मिन राज खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु, ५ नम्बर वडा सदस्यहरु, पत्रकार हेमन्त चौधरी, इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक प्रवीण डाँगी लगायत १२० भन्दा बढी महिला दिदि बहिनीको उपस्थिती रहेको थियो ।