spot_img

उपकारको वित्तीय साक्षरता कार्यक्रम

खिम प्रकाश डि.सी
राप्तीसोनारी-
उपकार लघुबित वित्तीय संस्था राप्ती सोनारी ८ शंम्सेरगंन्ज शाखाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजन गरेको छ।
मंगलबार सम्पन्न केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा ४ वटा केन्द्र उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिएको संस्थाका प्रमुख बिर बहादुर रोकाले बताए । रोकाका अनुसार केन्द्र नम्बर ९५ की लक्ष्मी कुमारी कुमाल उत्कृष्ट बाख्रा पालन व्यवसाय, केन्द्र नम्बर २१४ की विप्ती परियार उत्कृष्ट कुखुरा पालन व्यवसाय, केन्द्र नम्बर १०६ की कलावती कामी उत्कृष्ट भैंसी पालन व्यवसाय, केन्द्र नम्बर ६७ का सोनु राना मगर उत्कृष्ट किराना तथा नास्ता पसल व्यवसाय र केन्द्र नम्बर ०२ की लोहरानी थारु उत्कृष्ट बचत कर्ता भएको बताए । उपकार लघुवित वित्तीय संस्थाका संचालक राम तरण वि.सीले महिला दिदी बहिनिहरुको सहयात्री संस्था बन्ने र कसैले ब्यबसाय गर्न चाहन्छ, सम्पती छैन, पुजि छैन त्यसको लागि उपकार लघुवित वित्तीय संस्था साथी बनेर सहयात्रा गर्ने बताए ।
शम्सेरगंन्ज शाखाले विगत देखि केन्द्र प्रमुख गोष्ठी तथन वितित्तय कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, ८ नम्बर वडा अध्यक्ष सालिक राम डाँगी लगायत १ सय नौ जना केन्द्र प्रमुखहरुको उपस्थिती रहेको थियो ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here