spot_img

प्रथम राप्ती सोनारी गाउँपालिका स्तरीय युवा सम्मेलन :- ८ बुदे घोषण पत्र जारी

राप्ती सोनारी- बाँकेको राप्ती सोनारीमा प्रथम राप्ती सोनारी स्तरिय युवा सम्मेलन समपन्न भएको छ । राप्ती सोनारीमा युवाको क्षमता अभिवृद्धि र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित युवा सम्मेलनमा राप्ती सोनारी गाउँपालिका ९ वटै वडाहरुका युवाको उपस्थिती रहेको थियो । उक्त सम्मेलनमा युवाको सशक्तिकरण, युवा संजालको बारेमा र यसको काम कर्तव्य, युवाको नेतृत्व र प्ररणा र स्थानिय सरकारले आगामी आर्थिक वर्षका लागि तयारी गरिरहेको नीति, कार्यक्रममा आफ्ना मुद्दा समेट्न दबाब र सुझाव दिन आईतबार सम्मेलन आयोजना गरेको हो ।

उक्त कार्यक्रमका प्रमुख अथिती राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलल कुनै पनि खाले विकास गर्न युवाको आवश्यक भएको र राप्ती सोनारीलाई परिवर्तन गर्न युवाको आवश्यक रहेको बताएका छन् ।

विष्टिअथिति राप्ती सोनारी गाउँपालिका उपाअध्यक्ष मनिष सिंह थारुले कार्यक्रमा बोल्दै युवालाई परिवर्तनको संमबाक भएको बताएकी छन् । राप्ती सोनारीमा परिर्वतन गर्न गर्नका लागि युवाहरुलाई परिचालन गर्नु पर्ने बताएकी छन् ।

अथिति राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेलले कार्यक्रमा बोल्दै सामाजमा भएका नराम्रा कुरिती निर्मुल गर्न र राम्रा कला संकृतीको जग्रेने गर्न युवाको भुमिका रहेको बताएका छन्, यस्ता खालका सामजिक काम गनै आग्रह गरेका छन् र नयाँ आ।वमा वडाबाट पनि युवा लक्षित कार्यक्रमहरु राख्ने बताएका छन् ।

अथिति राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामलखन थारुले कार्यक्रमा बोल्दै राप्ती सानारीमा परिवर्त चाहाने हो भने राप्ती सोनारीका सबै युवाहरु एक जुट हुना जरुरी अनि मात्रै हामीहरुले देखेको सपना पुरा हुन्छ र एक सभ्य सामाजको निर्मन हुने बताएका छन् । अव युवा सामाज निर्मनमा लाग्न जरुरी भएको बताएका छन् । उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका ९ वटै वडाहरुका युवाहरुको सहभागिता रहेको थियो

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here