spot_img

बर्फानी बाबा महा-सरसफाई अभिया समपन्न (फोटो फिचर)

राप्तीसोनारी- बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेका बर्फानी बाबा महा सरसफाई अभिया समपन्न भएको छ । राप्ती सोनारी र नरैनाप्र गाउँपालिका बिचको चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको शनिबार सरसफाई गरिएको हो । राप्ती सोनारीका स्थानीय युवाको सक्रियतामा वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाई गरिएको थियो ।
वर्फानी बाबा आश्रममा भारत र नेपालका भक्तजनका घुइँचो लाग्ने गरेको छ । उक्त आश्रमलाई ब्यवस्थित गरि पर्यापर्यटनको विकास गर्ने उद्देश्यले सरसफाई गरिएको सरसफाई महाअभियानका संयोजक हेमन्त चौधरीले बताएका छन् । उनका अनुसार आश्रम पुग्ने सडक मर्मत गरिनुका साथै चौडा गरिएको बताए । ‘वर्फानी बाबालाई चिनाऔं, सरसफाई अभियानमा सहभागी बनौंं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको अभियानमा सहभागीले सडकमा उम्रेका झार, काठ, सुकेका रुख हटाइएको संयोजक चौधरीले बताए ।
सरसफाई ‘महाअभियान’ को पहिलो दिन यूवाको उत्साहपूर्ण सहभागिताले अभियानलाई निरन्तरता दिन थप हौसला मिलेको बताउँदै सरसफाई तथा सडक मर्मतलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाए । ‘अभियानमा देखिएको सहभागिताले असाध्यै उत्साहित भएको छु’ उनले भने, ‘यूवाको सहभागिताले आफ्नो गाउँठाउँको धार्मिक पर्यटकीय स्थलको विकासका लागि अरुको मुख ताक्नुभन्दा आफैले गर्न सक्ने सन्देश दिएको छ ।’
आश्रम क्षेत्रमा शौचलयको ब्यवस्था नहुँदा दुर्गन्ध फैलिनुका साथै प्लास्टिकको बोत्तल, गिलास, प्लेट जथाभावी फालेका कारण फोहर थुप्रिएपछि हेमन्तको अगुवाईमा यूवाको समुहले सफाई गरेको राप्तीसोनारी गाउँपालिका २ का वडा अध्यक्ष ज्ञानेन्द्रराज ओली (ज्ञानु) ले बताए ।
सरसफाई अभियानमा सहभागी भएका राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारुले वर्फानी आश्रममा धार्मिक पर्यटकको संख्या बृद्धि तथा पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले यसअघि नै शिव मन्दिर निर्माण गरेको बताए । उनले धार्मिक पर्यटनले राप्तीसोनारीको आर्थिक बृद्धिमा टेवा पुग्ने बताए ।
सरसफाई अभियानमा राप्तीसोनारी गाँपालिका २ का वडा अध्यक्ष ज्ञानेन्द्रराज ओली, ४ का वडा अध्यक्ष मिनराज खड्का, ६ नं. वडा अध्यक्ष लबराज खरेल, इलाका प्रहरी कार्यालय धामपुर, इलाका प्रहरी कार्यालय नरैनापुरको समेत सहभागिता रहेको थियो । सहभागी यूवाले आश्रम क्षेत्रमा रहेका फोहर बटुलेर बिसर्जन गरेका थिए । कार्यक्रमका सहभागीले हातमा राष्ट्रिय झण्डासँगै, कुटो कोदालो, फरुवा, बेल्चा लगायतका सामग्री लिएर उपस्थित आश्रम पुगेका थिए ।
सरसफाई पश्चात आश्रम परिसरमा रहेको शिव मन्दिरका अगाडि विशाल राष्ट्रिय झण्डा अग्लो स्थानमा गाडेर फहराएको अभियानका संयोजक चौधरीले बताए । उनका अनुसार अव यो अभियान हरेक शनिवार संचालन हुने भएको छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here