spot_img

समृद्धिको बाटोमा राप्ती सोनारी ६

राप्तीसोनारी- बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ थुप्रै सम्भावना बोकेको वडा हो । यस वडामा सम्भावना बोकेको कुरालाई स्थानीय सरकारले सक्रियताका साथ अपनत्व गर्ने हो भने नमूना वडा निर्माण गर्न सकिने थुप्रै आधारहरु रहेका छन् । स्थानीय सरकारका रुपमा रहेको वडा कार्यालयले आफ्नो वार्षिक बजेटमा कार्य गरिरहेको छ ।
तर यतिमात्रै कार्यले नमूना बनाउन भने केही गाह्रो नै भएको वडा अध्यक्ष लवराज खरेल बताउँछन् । ‘सम्भावना बोकेको वडा हो, तर वडाको मात्रै बजेटले वडालाई नमूना बनाउन गाह्रो नै हुन्छ ’, वडाअध्यक्ष खरेल भन्छन् ,’एक्लैले नसकिने भएकाले यहाँका सबै पक्षको सक्रियता र साथसंगै गाउँपालिकाले बिशेष ध्यान दिनुपर्छ ।’ साविकको फत्तेपुर गाउँ विकास समितिको वडा नम्बर ८ र ९ मिलेर राप्ती सोनारी वडा नम्बर ६ बनेको हो ।
राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडामा ९ हजार ३ सय २७ जनसंख्या रहेको छ । यो जनसंख्या भनेको गाउँपालिकाभरिमै सबैभन्दा बढि जनसंख्या भएको वडा हो । नदिजन्य पदार्थ प्रसस्त मात्रामा पाइने यस वडामा राजश्व बढाउन सकिने एक प्रमुख श्रोत रहेको छ । त्यसपछि सामुदायिक वनले भरिएको वडा पनि हो । अर्को सम्भावना भनेको पशुपालन रहेको वडा सदस्य नर बहादुर पुनले बताए । उनका अनुसार सबै क्षेत्रको सहयोग खासगरी गाउँपालिकाको उचित सहयोग भएमा पशुपालनको पकेट क्षेत्रको रुपमा निर्माण गर्न सकिने र त्यसका साथ आर्थिक रुपमा दुध बिक्री लगायतबाट सवल बन्न सकिन्छ ।
वडाका कार्यालयबाट सघीयता कार्यान्वयन भएको दोस्रो चरणको पहिलो कार्यकालको पहिलो वर्षमा थुप्रै काम भएको छ ।
तर त्यति कार्यले वडाका जनतालाई चाँसो जगाउन पनि कम नै छ । वडा सदस्य राम बहादुर थारुले वडालाई प्राप्त हुने बजेटको मात्रा सिमित हुने र धेरै क्षेत्रमा कार्य गर्नुपर्ने बाध्यताका कारण पनि सम्भावनालाई अगाडी बढाउन नसकिएको बताउँछन् । ’सम्भावना छ, हामीले यस वडामा नमूना कार्य गर्न सक्छौं,’ वडा सदस्य राम बहादुरले भने,’तर समुदायको आवश्यकताहरुमा नै बजेट पुर्याउन कठिन हुन्छ अन्य क्षेत्रमा कसरी पुर्याउने सम्भावना हेर्दा अर्को क्षेत्र भनेको कृषि क्षेत्र हो ।

Highway post

उज्यालो गाउँ बनाउनका लागि छुटेका टोलहरुमा वडाले बिद्युत बिस्तारको कार्य गरिरहेको छ । यस्तै समुदायको बिकासका लागि सबै गाउँ टोलहरुमा टोल बिकास समिति गठन गरिएको छ ।


राप्ती नदीसंग जोडिएको वडा भएकाले पनि यहाँ उर्वरभुमिको उपलब्धता रहेको छ । खेती किसानीतर्फ थुप्रै कार्य गरेर नमूना बनाउन सकिन्छ । यहाँ हरेक मौसममा उत्पादन गर्न सकिन्छ भने बिभिन्न क्षेत्रमा उत्पादन कम हुने बालीहरु यहाँ सहजै र बढि मात्रामा उत्पादन गर्न सकिने अर्का वडा सदस्य लक्ष्मी थारुले बताइन । यसका साथै वडाले नै नमूना कार्यका रुपमा वडाका हरेक गर्भवति महिलाहरुलाई एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ भने गाउँपालिकाभरिमा नै उत्कृष्ठ घोषणा भएको छ । यहाँ रहेको स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरुमा गुणस्तरीयता र प्रभावकारिता रहेकाले स्वास्थ्य संस्था उत्कृष्ट घोषित भएको हो । यस्तै यहाँका सबै गाउँ टोलहरुमा बिद्युतको पहुँच पुगेको छ । उज्यालो गाउँ बनाउनका लागि छुटेका टोलहरुमा वडाले बिद्युत बिस्तारको कार्य गरिरहेको छ । यस्तै समुदायको बिकासका लागि सबै गाउँ टोलहरुमा टोल बिकास समिति गठन गरिएको छ । वडाको कामलाई प्रभावकारी बनाउनका लागि सबै टोलहरुमा समिति बनाइएको छ । यसका साथै यहाँ रहेका सम्पूर्ण सामुदायिक वनहरुको सहयोगमा पनि समुदाय परिचालन कार्य संचालन गरिएको वडा सदस्य पतरी दमाईले बताए । तर अझै प्रभावकारी बनाउनका लागि यहाँ सबै क्षेत्रका नेतृत्वकर्ता, सरोकारवालाहरुको सक्रियता हुनुपर्ने वडा सदस्य दमाईको भनाइ छ ।
वडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा भएका कार्यहरुको विवरण
– दलित समुदायलाई पञ्चे बाजा वितरण
– धुर कुटुवा को घरनिर कलभट माटो पटान तथा ग्रावेल
– कला, संस्कृति जगेर्नाका लागि दशैमा ड्रेस वितरण
– पशुपालन गर्न कृषकहरुलाई बेर्षिन घाँसको बिउ बितरण
– युवाहरुका लागि फुटबल र उत्कृष्ट वडाका अन्य खेलकूदका
खेलाडीलाई सम्मान
– रक्तदान कार्यक्रम १०३ यूनिट रगत शंकलन
– ५०५ अनुदानमा कृषकहरुलाई गँहुको विउ वितरण
– प्रत्येक टोलमा गरी १७ वटा टोल विकास संस्था गठन
– क्याम्पसमा अध्यनरत विध्यार्थीहरुलाई शिक्षण अध्यायन अनुमती पत्रका लागि अनलाइन कक्षा संचालन
– निःशुल्क लोक सेवा तयारी अन लाइन कक्षा संचालन
– १७ वटा टोलमा वडाको सूचना पार्टी
– गर्भवती महिला प्रोत्साहन कार्यक्रम आरधारभूत स्वास्थ्य केन्द्र
– गर्भवती महिला करेसाबारी कार्यक्रम, गाउँपालिकाको आर्थिक सहयोगमा प्रसुति गृह निर्माण
– प्रसुति हुन जाने गर्भवती महिलालाई प्रसुति केन्द्रसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान
– सिक्टाको पानी फत्तेपुर नहरम्म पुर्याउने
– गाउँपालिकाको सहयोगमा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा
शौचालय निर्माण
– सुकुम्बासी र अव्यवस्थितको सम्बन्धमा राष्ट्रिय भूमि आयोगसंग समन्वय
– ५५ लागत सुबिधा सम्पन्न ख वर्गको एम्बुलेन्स रेडक्रस सोनारी उपशाखालाई प्राप्त
– प्राथमिक स्वास्थ्य
केन्द्रका प्रमुख र वडाको सहकार्यमा गाउँपालिका मैं उत्कृष्ट स्वास्थ्य केन्द्र घोषणा
– पशु पालन गर्ने कृषकहरुको तथ्याँक संकलन
– दिप ज्योति प्राथमिक बिद्यालयमा वडाको बजेटमार्फत दुई कोठे पक्की भवन निर्माणधिन
– रेडक्रस सोनारी उपशाखा भवन निर्माणाधिन
– गडेउला मल खेती, गाईपालन गर्ने १० जना कृषकहरुलाई तालिम
– हाउस वायरिंग, व्यूटी पार्लर तालिम संचालन
– ४ स्थानमा पिसिसि निर्माण, ३ वटा बाटोमा माटो पटान, ग्रावेल
– २ वटा गाउँमा नाली निर्माण,

– वडाको लागतमा सिधनवा गाउँमा बिद्युत लाईन बिस्तार
– डेंगुको महामारी चलेको
वेला स्वास्थ्य केन्द्र प्रमुखको प्रयासमा निःशुल्क खोप प्रदान
– मेलमिलाप सामिति गठन र वडाभित्रका ३१ वटा विवादको समाधान

– सरस्वती माध्यमिक बिद्यालयमा सुशासन निर्माण र मेस जालीसहित वल वाइन्डरी निर्माण
– युवाहरुका लागि पत्रकारिता तालिम संचालन
– खोला नियन्त्रणमा सक्रिय भूमिका
– बाढीबाट हुन सक्ने जोखिम नियन्त्रणका लागि पानी डाईभर्सन
– वडा कार्यालयको वाल बाउडरी निर्माण
कार्य

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here