spot_img

बागेश्वरी वेष्टर्नले मनायो १५ औं वार्षिक उत्सव

राप्तीसोनारी– बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित बागेश्वरी वेष्टर्न ई.मी स्कुलले आफ्नो १५ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरी सोमबार मनाएको छ । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा सदस्य दिर्घ बहादुर बुढाथोकीले विद्यालयले शैक्षिक गुणस्तरलाई ध्यानमा राखी पठनपाठन गराउनु पर्ने बताए । वार्षिक उत्सव कार्यक्रममा कक्षा नर्सरी देखी ७ कक्षा सम्मका प्रथम, दृतिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी २ जना अभिभावकलाई विद्यालयले सम्मान गरेको थियो । वार्षिक उत्सवमा विद्यार्थीले नृत्य, नाटक प्रस्तुती देखाएका थिए भने, उत्कृष्ट शिक्षकलाई सम्मान गरे थियो । कार्यक्रममा बोल्दै विद्यालयमा संस्थापक कुल बहादुर केसीले विद्यालयको भौतिक अवस्था सुधार गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्न आफु लागी परेको बताए । उनले अभिभावकहरुलाई समय समयमा विद्यालयमा आएर आफना बालबालिकाहरुको पढाई बारे जानकारी लिन आग्रह समेत गरे । वार्षिक उत्सव कार्यक्रममा संघ संस्थाका प्रतिनिधी, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here