spot_img

९ जना अपाङ्गता भएकाहरुलाई आधाभुत कम्प्युटर तालिम

राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालिकामा जना अपाङ्गता भएका व्य्िकतहरुलाई आधाभुत कम्प्युटर तालिम सिकाएको छ । अपाङ्गता भएकाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउने उद्धेश्यले राप्ती सोनारीमा सञ्चालन गरिएको सिपमुलक ३८० क्रेडिडको बेसिककम्प्युटर तालिम समापन भएको छ ।
राप्ती सोनारी गाउँपालिकाको आयोजनामा २०८० बैशाख ०३ गते देखि सुरु भएको तालिमका जेष्ट ४ गते समापन भएको हो ।

राप्ती सोनारी गाउँपालिका उपाअध्यक्ष मनिष सिंह थारुले अपाङ्गता भएकाहरुको जीवन सहज बनाउन यो तालिमले ठूलो भुमिका खेल्ने बताएकि छन् । राप्ती सोनारी गाउँपालिकाले बनाउने कानुनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु समावेश गराउने समेत बताईन । तालिम लिएका व्यक्तिहरुले सीप सिकेपछि व्यवहारमा ल्याउने, उद्यमी र आत्मनिर्भर बन्न सके अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्रोत्साहन मिल्ने उनको भनाई थियो ।
उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, राप्ती सोनारी गाउँपालिका प्रवक्ता यवम वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का, वडा नम्बर ८ का वडाअध्यक्ष सालिक राम डाँगी समेतको उपस्थिती रहेको थियो ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here