कोहलपुर- नेकपा निकट अनेमसंघ क्रान्तिकारी बाँके को १२ औं जिल्ला सम्मेलन भब्यरुपमा सम्पन्न भएको छ । बिहिबार कोहोलपुर घरेलुको सभाहलमा सम्पन्न भेलाको उद्घाटन आयोजक समितीका संयोजक क महिमा सी को अध्यक्षता समपन्न भएको थियो ।
उद्घाटन कार्यकममा क पुजा शर्मा ले स्वागत मन्तब्य राखेकी हुन । उद्घाटन समारोहमा मन्तब्य राख्दै प्रमुख अतिथी क पुर्णिमा सी ले बर्तमान दलाल संसदिय ब्यबस्थाले नै महिलालाई शोषण गरिरहेको ठोकुवा गर्दै यो भेलाले कुसल नेतृत्व छनोट गर्नेमा पुर्ण विस्वास गरेको बताईन ।
विशेष अतिथी रणदिप सी ले बर्तमान दलाल संसदिय ब्यबस्थाको चरित्र नै पछाडी परेका महिला श्रमिक समुदाय उत्पिडित क्षेत्र जाति लगायत लाई शोषण गर्ने चरित्र रहेका ले बैज्ञानिक समाजवाद ले मात्र महिला मुक्ती दिने बताउदै महिला सहभागिता बिना बैज्ञानिक समाजवाद असंभव हुने बताएका छन् । कार्यकममा क काली बा. सी क कल्पना र रुपा सी ले भेला सफलताको शुभकामना मन्तब्य राखेका थिए ।
अनेमसंघ क्रान्तिकारी बाँके को १२ औं जिल्ला सम्मेलनबाट क महिमा सी लाई अध्यक्षमा १९ सदस्य सहित नयाँ कमिटी गठन गरिएका थियो । क महिमा सी लाई अध्यक्ष क पुष्पा शर्मा लाई उपाध्यक्ष क अमृता वली सचिव क पबित्रा सुनार सहसचिव क ज्योती सुनार कोषाध्यक्ष मा सर्बसम्मत निर्बाचित भएका हुन ।
अनेमसंघ क्रान्तिकारी संगठनका केन्द्रिय सदस्य क पुर्णिमा सी को प्रमुख आतिथ्यता बाँके जिल्ला ईन्चार्ज एबं केन्द्रीय सदस्य क रणदिप सी को विशेष आतिथ्यता मा सम्पन्न उद्घाटन समारोहमा अन्य अतिथीहरु अनेकि महासंघ केन्द्रिय संयोजक क काली ब सी जिल्ला सेक्रेटेरी क कल्पना सी किसान महासंघ केन्द्रीय सदस्य क केशब सी राजु सी अखिल क्रान्तिकारी केन्द्रीय सदस्य क रुपा सी उधोग व्यापार महाँसंघ केन्द्रीय सदस्य क केशव खड्का अखिल क्रान्तिकारी बाँके उपाध्यक्ष क. राकेश सी शहिद परिवार बाट मनमाया शर्मा लगायतको उपस्थिती रहेको थियो ।