खिम प्रकाश डि.सी
नेपालगंन्ज, पुष २४
नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र (एन सार्क) ले आइतवार ३९ औं स्थापना दिवस मनाएको छ । प्रमुख अथिती एन सार्कका संस्थापक अध्यक्ष जिराज शाख्याले कार्यक्रम उद्दघाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती शाख्याले अमेरीकामा १९८३ मा एच.आई.भी. एड्स देखा परेको थियो । नेपालिहरु बाहिरका देशमा जाने आउने क्रम बढ्दै गयो, नेपाल भारत संग सिमान जोडिएकोले एड्स नेपालमन पनि भित्रीन सक्ने अनुमान गरि एन सार्क संस्थाको स्थापना १९८३ डिसेम्बर ३१ मा भएको बताए । तेति बेला नेपालमा एच.आई.भी. एड्सको काम गर्नै पहिले संस्था एन सार्क थियो । एन सार्कले १९९५ मा डब्लु.एच.ओ.संग क्रस बाउडर प्रोग्रम हातेमालो गरेको थियो, तति बेला सम्म नेपालमा एउटा पनि केस थिएना । हामिले आफुलाई सुरक्षीत ठानेका थियौ । १९८६ मा भारतमा एच.आई.भी. एड्स देखा पर्यो, १९८८ नेपालमा पहिलो एच.आई.भी. एड्स देखा परेको उनले बताए । तेति बेला काम गर्न निकै गरो थियो, तेस्तो दुःख गरि एन सार्क अहिले यो ठाउँमा आएको छ । संस्थालाई यहाँ सम्म पुर्याउन सहयो गर्ने सबैलाई धन्यावाद दिएका छन् ।
एन सार्कले ३९औं स्थापना दिवसमा संस्थाले दिएको जिम्मेवारी बहन गर्ने राम चन्द्र पौडेल, भरत कुमार खड्का, हरि प्रसाद चौधरी र श्रीजना थापा गरि ५ जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।