spot_img

कर्णालीमा कांग्रेसबाट तीन मन्त्रीको नाम टुंगियो

राप्तीसोनारी- नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले जानकारी दिए ।

नेता शाहीका अनुसार सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्क बहादुर पोखरेल, जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बि.सी मन्त्रीका लागि सिफारिस भएका छन् ।

उनका अनुसार अर्थ मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बि.सी सिफारिस गरिएको छ ।

कांग्रेसभित्र बि.सी संस्थापन इतर पक्षको प्रतिनिधित्व गर्दछन् भने सिंह र पोखरेल संस्थापन पक्षको प्रतिनिधित्व गर्दछन् ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.