राप्तीसोनारी- जिल्ला प्रहरी बाँकेले कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका नेपालगन्ज १७ का ७१ बर्षीय खेलवान पासी र नेपालगन्ज १७ कै ५९ बर्षीय भगवान दिन पासीलाई आज पक्राउ गरी जिल्ला अदालत बाँके बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
पक्राउ परेका खेलवानलाई जिल्ला अदालत बाँकेले २०६६ चैत ९ गते र भगवान दिनलाई २०७९ फागुन १९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले कैद सजायको फैसला गरेको थियो ।
खेलवानलाई ७ बर्ष ६ महिना र भगवान दिनलाई १० बर्ष कैद सुनाएको थियो । कैद फैसला सुनाए पश्चात् उनीहरु फरार रहँदै आएका थिए ।