spot_img

चौरजहारी १४ मा एकीकृत घुम्ती शिविर, ३१२ जनाले लिए सेवा

शान्ता बहादुर खत्री
राप्तीसोनारी-
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १४ मा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

चौरजहारी नगर कार्यपालिकाको कार्यालयदेखि टाढाका बस्तीहरूका नागरिकलाई सहज सेवा दिनको लागि एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको हो ।

शिविरबाट ३१२ जनाले सेवा लिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । शिविरमा १९२ जनाको स्वास्थ्य जाँच तथा निशुल्क औषधी उपलब्ध गराइएको छ ।

त्यसैगरी ३१ जना जेष्ठ नागरिकहरूलाई जेष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको छ । कृषि र पशु सेवा अन्तर्गत ८९ जना कृषकहरूको पशु उपचार, निशुल्क औषधीका साथै प्राविधिकहरूबाट कृषि परामर्शसमेत प्रदान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

सेवाग्राही मात्र सधैं कार्यालय आउनुपर्ने नभइ सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयले पनि सेवाग्राही खोज्न सक्नुपर्ने मान्यतालाई आत्मसात गर्दै घुम्ती शिविर सञ्चालन गरिएको हो । एकीकृत घुम्ती शिविरमार्फत् कार्यालय र नागरिकको सम्बन्ध समधुर हुने विश्वास लिइएको छ ।

यस्तै आज वडा नम्बर १३ को वडा कार्यालयमा एकीकृत घुम्ती शिविर सञ्चालन हुनेछ । शिविरमा स्वास्थ्य सेवा, पञ्जीकरण, कृषि र पशुसेवा अन्तर्गत उपचार तथा परामर्श, अपाङ्गता, जेष्ठ नागरिक परिचय पत्र वितरण लगायतका सेवाहरू प्रदान गरिनेछ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.