spot_img

‘जनजातीको हकहित’का लागि कांग्रेसको भूमिकाका विषयमा छलफल

राप्तीसोेनारी- आदिवासी जनजाती समुदायको हकहितका लागि नेपाली कांग्रेसको भूमिका विषयक कार्यक्रम आज कोहलपुरमा सम्पन्न भएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ बाँकेको आदिवासी जनजाती शाखाले आयोजना गरेको कार्यक्रम ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुरको सभाहलमा सम्पन्न भएको हो ।

आदिवासी जनजाती शाखाका कृष्णबहादुर पुनको अध्यक्षता एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषालको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा कांग्रेस बाँकेका उपसभापति कृष्णबहादुर कार्की, क्षेत्रीय सभापति पोषण केसी, जिल्ला सदस्य राजेन्द्र श्रेष्ठ, महाधिवेशन प्रतिनिधि नमबहादुर आले लगायत अतिथिहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली कांग्रेस आफ्नो स्थापनाकालदेखि नै आदिवासी जनजातीहरुको हकहित र अधिकार संरक्षणका लागि प्रतिबद्ध रहँदै आएको बताउँदै आदिवासी जनजातीहरु र पार्टीबीच समन्वयकारी भूमिका जरुरी रहेको उल्लेख गरेका छन् । आदिवासी जनजाती र पार्टीबीच समन्वयकारी भूमिका निर्माण, संगठन सुदृढीकरण तथा आदिवासी जनजाती शाखाका सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न कार्यक्रमको आयोजना गरिएको क्षेत्र नम्बर १ का प्रबक्ता तुलाराम खत्रीले बताए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए । 

यसैबीच क्षेत्रीय कार्यसमितिको आदिवासी जनजाती शाखालाई पूर्णता दिइएको प्रबक्ता खत्रीले जानकारी दिए । उनका अनुसार आदिवासी जनजाती शाखामा कृष्णबहादुर पुन, खडकबहादुर थापा मगर, तेजबहादुर पुन मगर, चन्द्रशेखर श्रेष्ठ, अमृता गुरुंग, हरिकला मगर, धनकुमारी पुन मगर, भगवती बुढा मगर, विरबहादुर थापा, देवबहादुर थापा, तारा राना मगर, जिम्बा राना, चेतबहादुर पुन, खगीसरा राना र नैनसिंह गाहामगरलाई मनोनयन गरिएको छ । 

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.