कोहलपुर- नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सीले जनतासंग जोडिएको पार्टी निर्माण गर्न पार्टी कार्यकर्तालाई विशेष निर्देशन दिएका छन । शनिबार कोहलपुरमा आयोजित नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन ।
उनले जनताको साथ र सहयोग विना दलाल संसदीय ब्यवस्थाको अन्त्य नहुने बताउदै जनतासंग गहिरो सम्बन्ध विस्तार गरेर जनसंगठनको निर्माण गर्न अपिल गरे ।
बैठकमा नेकपा केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज रणदिपले जनसंगठन निर्माण गर्न जिल्लामा विशेष अभियान संचालन गरिने बताए । उनले अभियान चैत्र १६ गते देखि संचालन हुने वताए ।
सामाजिक विकृति र विसंगति विरूध संघर्ष गरौ, जनसंगठन निर्माणका लागि जनसम्वन्ध विस्तार गरौ भन्ने मुलनाराका साथ अभियान संचालन गर्ने बताएका छन् ।
वैठकले अभियान अघि जनवर्गिय संगठनका जिल्ला भेला तथा बैठकहरू गर्ने पनि निर्णय गरेको छ । बैठकले चैत्र १५ गते हुने अखिल नेपाल महिला संघ क्ररान्तिकारीको जिल्ला भेलाको व्यापक तयारी गर्ने समेत निर्णय गरेको छ । बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी कल्पनाले गरेकी थिईन ।