spot_img

जानकीमा जुत्ती चप्पल स्याण्डिल सम्बन्धि सीप विकास तालिम

राप्तीसोनारी- बाँकेको जानकीमा सञ्चालित २० दिने आधारभूत जुत्ती चप्पल स्याण्डिल सम्बन्धि सीप विकास तालिम समापन भएको छ । नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालको आर्थिक सहयोग र जानकी गाउँपालिकाको लघु उद्यम शाखाको आयोजनामा उक्त तालिम सन्चालन गरिएको थियो ।  

जानकी गाउँपालिकाको वडा नम्वर ६ किट्टापुरमा आधारभूत जुत्ती चप्पल स्याण्डिल सम्बन्धि सीप विकास तालिमको शुक्रवार समापन भएको हो । महिलालाई सीपमार्फत आर्थिक स्वावलम्बी बनाउने उद्देश्यले सञ्चालित उक्त तालिममा १० जना महिलाहरुको सहभागिता रहेको थियो ।  समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष छब्बन खाँले महिलाहरु सीप सिकेर स्वावलम्बी बन्नुपर्ने धारणा राखे । उनले महिलाहरुको क्षमता अभिबृद्धिका लागि जानकी गाउँपालिका निरन्तर सहकार्य र समन्वयको भूमिका खेल्दै अघि बढ्ने बताए ।

समापन कार्यक्रममा तालिममा सहभागी महिलाहरुलाई  २ वटा जुत्ती चप्पल सिलाउने मेशिन, २ वटा पेन्चिस, २ वटा ह्याम्वर, २ वटा कैंची, २ वटा  हिटर  र २ वटा मल्टिप्लग समेत वितरण गरिएको लघु उद्यम शाखाकी प्रमुख सावित्री रेग्मीले बताइन् । समापन कार्यक्रममा पालिकाकी उपाध्यक्ष रामप्यारी यादव, वडा नम्वर ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजन, पालिकाकी उपाध्यक्ष रामप्यारी यादवका स्वकीय सचिव शिवा यादव, लघु उद्यम शाखाकी प्रमुख रेग्मी, अमृता परियार र योजना शाखाकी प्रमुख शोभा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.