राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालिकाले १४ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शील्ड खेलकुद प्रतियोगितामा विजेता खेलाडिलाई सम्मान गरेको छ ।
नेपालगंन्जमा फागुन २६ गते देखि सुरु भैई २८ गते समपन्न १४ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शील्ड खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई राप्ती सोनारी गाउँपालिकाले सम्मान गरेको हो ।
आईतबार एक कार्यक्रमका बिच जिल्लामा पदक विजेता ४० जना खेलाडीहरुलाई सम्मान गरेको हो ।
जिल्ला खेलकुदअन्तर्गत एथलेटिक्स र भलिबलमा तर्फ राप्ती सोनारी गाउँपालिकालाई १४ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शील्ड खेलकुद प्रतियोगिताबाट १७ स्वर्ण पदक, १४ कास्य पदक र ७ रजक पदक गरि ३८ पदक जितेको खुसीयालीमा खेलाडीलाई सम्मान गरिएको हो ।
१४ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शील्ड खेलकुद प्रतियोगितामा छात्रा भलिबल तर्फ जिल्ला कै उत्कृष्ट खेलाडि निकिता कुमारी थारु भएकोमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले खुसी व्यक्त गरेका थिए ।
खेलाडिहरुलाई सम्मान कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले खेलाडिहरुलाई बधाई दिदै तपाईहरुले जिल्लामा गरेको प्रर्दशन निकै राम्रो थियो तपाईहरुले जिल्लामा जित्नु भयो तर यसलाई अझै राम्रो बनाए र लिनु पर्दछ । यस्को लागि राप्ती सोनारी गाउँपालिकाले गर्ने सहयोग गर्ने बताएका छन् । राप्ती सोनारीमा नभएका जुडो, कराँते लगाएतका खेलहरु पनि अब राप्त्ी सोनारीमा ल्याउने जनाएका छन् ।
अध्यक्ष पौडेलले भने खेलाडिहरुले राप्ती सोनारीलाई जिल्ला, प्रदेश हुदै देश, विदेशमा चिनाउनु पर्दछ किन भने खेलाडि राप्ती सोनारीको गहना हुन ।