spot_img

दादुरा–रुबेला खोप के हो ?

राप्ती सोनारी
खोप
रोग लाग्नु भन्दा अगाडि रोग नै नलागोस् भनेर स्वस्थ व्यक्तिलाई प्रदान गरिने जैविक उत्पादनलाई खोप भनिन्छ । मेडिकल उत्पादन मध्य खोपलाई सवै भन्दा सुरक्षित मानिन्छ । खोपले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्घि गरी रोग लाग्नबाट बचाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता
शरीरको रोगहरुसँग लड्ने वाप्रतिरोध गर्ने क्षमतालाई प्रतिरोधात्मकक्षमता भनिन्छ । यो विभिन्न प्रकारबाट प्राप्त हुन्छ ।

Vaccination: कुनै पनिव्यक्तिलाई रोग प्रतिरोधातमक क्षमता विकास गर्न खोप दिने कार्य हो ।

Immunization: कुनै पनि व्यक्तिलाई खोप प्रदानगरि रोग विरुद्ध प्रतिरोधात्मक शक्ति विकास गर्ने प्रक्रिया हो ।

Vaccination coverage: निश्चित अबधिमा तोकिएको लक्षित जनसंख्या मध्ये खोप सेवा प्राप्त गरेका जनसंख्याको प्रतिशत हो ।

(Drop out Rate): पहिलो पटक सेवा लिन आएको व्यक्ति त्यही सेवा वा सम्बन्धित सेवा पछिल्लो पटक लिन नआएमा त्यसलाई ड्रपआउट भनिन्छ ।

खोपबाट बचाउन सकिने रोगहरु र राष्ट्रिय खोपकार्यक्रममा समावेस भएकाखोपहरु
रोगहरु र त्यसको बिरुद्धको खोपः क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, स्ट्रेपटोकोकस निमोनिया, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टँकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुइन्जा बि, दादुरा र रुबेला, जापानिज इन्सेफलाईटिस, धनुष्टंकार, टाईफाईड (म्यादे ज्वरो), पाठेघरको मुखको क्यान्सर, रोग बिरुद्ध दिइने खोपहरुः बि.सि.जी., रोटा, ओरलपोलियो,एफ.आई.पि.भी, पि.सि.भी, डिपिटी.हेपबी.हिब (पेन्टा), दादुरा–रुबेला, जे.ई, टि.डी, र टाईफाईड खो (टि.सि.भि.), एच.पि.भी ।

दादुरा–रुबेला खोप
बालबालिकाहरुमा लाग्ने दादुरा रोग र गर्भबति अवस्थामा आमालाई संक्रमण गरि आमाबाट जन्मने बालबालिकामा जन्मजात बिकृतिहरुबाट बचाउनका लागी २ प्रकारको एन्टिजिन भएको यो खोपको प्रयोग गरिन्छ । सन २०१३ बाट दादुरा संग संगै रुबेला समेत मिसाई २ रोग बिरुद्ध एउटै खोप दिन थालियो । सन २०१५ अघि बच्चाको उमेर ९ महिना पुग्दा १ मात्रा मात्र दिईने दादुरा रुबेला खोप १ मात्राको प्रभाबकारिता वा सुरक्षा दर ८५ प्रतिशत मात्र भएका कारण सन २०१५ देखि बच्चाको उमेर ९ महिना र १५ महिनामा १/१ मात्रा गरि २ मात्रा दादुराको खोप दिन थालियो । हामीले प्रयोग गर्ने दादुरा रुबेला खोप बिश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाईड प्रमाणित भएको हुनाले यो खोप सुरक्षित र रोग रोकथामका लागी प्रभाबकारी छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.