spot_img

नयाँ साइकल पाएपछि विद्यार्थीहरू खुसी

भालुवाङ, पुष २०
दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको जनज्योती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नयाँ साइकल पाएपछि निकै खुसी भएका छन् ।

क्रियटिङ पोसिबिलिटिज (सि पी) नेपालले बुधबार राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्य र ४ नम्बर वडाको समन्वयमा साइकल पाएपछि उनीहरू खुसी भएका हुन् ।

सिपी नेपालले सो विद्यालयको कक्षा ८ मा अध्यनरत अति गरिव, विपन्न तथा दलित १० जना छात्राहरूलाई ९० हजार बराबरको नयाँ साइकल उपहार दिएको छ । विद्यार्थीहरूलाई पढाइ प्रति थप आकर्षित गर्न साइकल वितरण गरिएको सिपी नेपालकी दिपा चौधरीले बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता मल्लको अध्यक्षता एवम् वडा नम्बर ४ का वडा अध्यक्ष बीरबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा, युवा तथा शाखा प्रमुख विश्वास विक, सिपी नेपालका दिपा चौधरी, सरिता चौधरी, मनोज श्रेष्ठ, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक कुलराज जैशीले गरेका थिए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.