खिम प्रकाश डि.सी
राप्तीसोनारी– बाँकेको नरैनापुर गाउँपालिका स्तरीय ४औं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड छनोट खेलकुद प्रतियोगिता सुरु भएको छ ।
नरैनापुर गाउँपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा वडा न. ६ जमुनीमा ४औं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड छनोट खेलकुद प्रतियोगिता बिहिबार देखि सुरु भएको हो ।
खेलकुद प्रतियोगीताको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमत शाहाले कार्यक्रमको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष शाहाले बालबालिकाको सर्वाङगीण विकासको आधारशिला खेलकुद क्षेत्रको विकासमा आफु लागिपर्ने बताए । हामि गाउँपालिकाको नीति तथा कार्यकूममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिनेछौं, अब नरैनापुर गाृउँपालिकालाई कसरी खेलकुदमय बनाउना सकिन्छ भन्ने विषय हाम्रो उच्च प्राथमिकतामा रहन्छ, अध्यक्ष्य शाहाले भने । खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने अध्यक्ष शाहको भनाइ थियो ।
कार्यक्रममा बाल्दै नरैनापुर वडा न. ६ का अध्यक्ष प्रेम मौर्यले खेलकुदले विद्यार्थीको क्षमता उजागर गर्नुका साथै शारिरिक मानिसक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे ।
नरैनापुर गाँउपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण चौधरीको अध्यक्षतामा सुरु भएको खेलको प्रमुख अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह,उपाध्यक्ष जयन्ती श्रीवस्ताव,वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, वडा ६ का अध्यक्ष प्रेम मौर्य, योजना शाखा प्रमुख प्रकाश अधिकारी,जिन्सी शाखा प्रमुख भरत महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यकहरु, बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको स्वागत जमुनी माध्यमिक विद्यालयका प्रधानाध्यक राजु मुकेरीले गरेका थिए । जमुनी खेल मैदानमा बिहिबार देखि सुरु भएको प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयहरूको सहभागिता रहेको नरैनापुर गाँउपालिकाले जनाएको छ । प्रतियोगिता २८ गतेसम्म सन्चालन हुने आयोजक समितिले जनाएको छ ।