spot_img

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

राप्तीसोनारी– शुक्रबार नियुक्त भएका मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र शहरी विकास मन्त्री सीता गुरुङले सपथ लिएका हुन् ।

त्यस्तै उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले सपथ लिएका छन् भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि सपथ लिएका छन् ।

श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवलाई राष्ट्रपति पौडेलले सपथ खुवाएका हुन् ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.