spot_img

प्रदेश सरकारले केही दिनमै पूर्णता पाउँछ मन्त्री: नमुना

राप्तीसोनारी- लुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले बताएकि छन् ।
बर्दियामा सोमबार चौथो राजापुर नगर स्तरीय अन्तर विद्यालय मेयर कप तथा १५औं राष्ट्रपती रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दलहरुसँग छलफल भइरहेकोले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको उनले बताईन् ।
‘अहिले सत्ता गठबन्धन दल र विश्वासको मत दिएका दलहरुबीच छलफल भइरहेको छ । अबको केही दिनमा प्रदेश सरकारले पूर्णता पाउँछ’ मन्त्री केसीले भन्नि ।
मन्त्रालय भागबण्डाको विषयमा समेत दलहरुबीच लगभग सहमती भइसकेको उनले दाबी गरिन । ‘दलहरुबीच धेरै विषयमा सहमती भइसकेको छ । भागबण्डाको विषयमा समेत त्यस्तो धेरै समस्या छैन’ मन्त्री केसीले भन्नि, ‘अब १९ २० गतेसम्म प्रदेश सरकारले पूर्णता पाउँछ ।’
आफुले जुनसुकै मन्त्रालय पाएपनि राजापुरको विकासका लागि नगरपालिकासँग सहकार्य र समन्वय गरेर काम गर्ने उनले प्रतिवद्धता जनाएकि छन् ।
‘केही दिनमा प्रदेश सरकारले पूर्णता पाएसँगै मेरो मन्त्रालयको जिम्मेवारी समेत तोकिन्छ’ विना विभागीय मन्त्री केसीले भन्नुभयो, ‘जुनसुकै मन्त्रालय पाएपनि राजापुर नगरपालिकासँग सहकार्य गरेर मैले यहाँको विकासको लागि काम गर्छु ।’
उनले शिक्षा र खेलकुदलाई विद्यार्थीहरुले सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिईन । खेलकुदसँगै शिक्षा समेत आवश्यक रहेकोले दुवैलाई विद्यार्थीहरुले सँगसँगै अगाडि बढाउनुपर्ने मन्त्री केसीले बताईन ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.