spot_img

बाँकेमा ३ सय बालबालिकामा दादुरा संक्रमण, ७ जना आइसोलेशनमा

बाँके- बाँकेमा गत पुस १२ गतेदेखि फैलिएको दादुरा संक्रमण प्रकोपको रुपमा फैलिएको छ । बाँकेमा अहिलेसम्म ३०० बालबालिकामा दादुरा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँकेका ५ वटा पालिकामा गरी दादुरासंक्रमित बालबालिकाको संख्या ३०० पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । हालसम्म दादुरा संक्रमित भएका मध्ये २९२ जना निको भइसकेका छन् भने ७ जना आइसोलेशनमा उपचाररत छन् ।

दादुराका कारण हालसम्म एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेको नेपालगञ्ज , कोहलपुर , खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा गरी ३२ वटा वडा दादुरा प्रभावित भएका छन् ।

संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा ६ महिनादेखि १५ वर्षमुनिका दादुरा, रुबेलाविरुद्धको खोप दिइएको छ । अहिलेसम्म १ लाख १५ हजार ७३५ जनालाई खोप दिइएको कार्यालयले जनाएको छ । बाँकेबाट फैलिएको दादुरा छिमेकी जिल्लामा समेत फैलिएको छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.