spot_img

बिना विभागीय मन्त्री केसीद्धारा राजिनामा

राप्तीसोनारी- लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन्।

शपथ ग्रहण गरेको एक महिनासम्म जिम्मेवारी नतोकिएकी केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
तर यस बारेमा केसीसँग सम्पर्क हुन सकिरहेको छैन। उनले कुनै जवाफ दिएकी छैनन्।

मुख्यमन्त्री लुम्बिनीमा छन्। त्यही पुगेर राजीनामा बुझाएको बताइएको छ।

मन्त्रालय बाँडफाँड र अब तोकिने जिम्मेवारीमा केसी असन्तुष्ट रहेको बुझिन्छ। उनलाई भौतिक पूर्वाधार मन्त्रालय चाहिएको, उनको जिम्मेवारीमा आन्तरिक मामिला मन्त्रालय पर्ने भएपछि उनी असन्तुष्ट रहेको स्रोतले बताएको छ।

आईतबार लुम्बिनीमा नवनियुक्त मन्त्रीको शपथको तयारी छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ (क) बाट माओबादीकी कृष्ण केसी (नमुना) प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् । यस अघि पनि उनले सोही निर्वाचन क्षेत्रबाट चुनाव जितेकी थिइन् । उनी बाँकेबाट संघ तथा प्रदेश सभा निर्वाचनमा प्रतयेक्षतर्फ चुनाव जित्ने एक्ला महिला उम्मेदवार हुन् ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.