खिम प्रकाश डि.सी.
राप्ती सोनारी, माघ ३
भुवर भवानी माघी मेलामा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुष ३० गते सुरु भएको उक्त प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
मकर सक्रान्तीमा लाग्ने भुवर भवानी माघी मेलाको अवसर पारेर सोनारी राप्ती मिडिया प्रा.ली. को ५औं वार्षिक उत्तसवको अबसरमा सोनारी राप्ती मिडिया प्रा.ली.ले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो । भुवर भवानी मन्दिर परिसरको खेल मैदानमा भएको उक्त प्रतियोगिताको उद्घाटन राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले गरेका थिए ।
प्रतियोगितामा आयोजक पत्रकार समुह (वि) प्रथम भएको छ । फाइनल खेल आयोजक पत्रकार समुह (वि) र मदुई बिच भएको थियो । कडा पर्तिस्पर्दा भएको उक्त खेलमा आयोजक पत्रकार समुह (वि) ले जितेर खेल आफ्नो पक्षमा पा¥यो । प्रतियोगितामा आयोजक पत्रकार समुह (ए) ले तृतिय स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । प्रथम हुने टिमले नगद ३० हजार रुपैंया र प्रमाणपत्र प्राप्त ग¥यो भने द्धितिय हुने टिमले नगद २० हजार रुपैंया र प्रमाणपत्र साथै तृतिय हुने टिमले १५ हजार रुपैंया र प्रमाणपत्र प्राप्त ग¥यो ।
खेल संयोजक ईश्वरी के.सी. का अनुसार राप्ती सोनारी गाउँपालिका वडा न.ं ३ का वडा अध्यक्ष मिन कुमार थारु, राप्ती सोनारी गाउँपालिका वडा न.ं ४ का वडा अध्यक्ष मिनराज खड्का, गौरी सामुदायीक वन उपभोक्ता समुह अध्यक्ष कुल बहालदुर पुन, जलहन सामुदायक बन उपभोक्ता समिती सामुदायीक वन उपभोक्ता समुह अध्यक्ष दिपक थारु, शिक सामुदायीक वन उपभोक्ता समुह अध्यक्ष कमल बस्नेत, राम जानकी सामुदायीक वन उपभोक्ता समुह अध्यक्ष बिक्रम थारुले खुल्ला पुरुष भलिबल प्रतीयोगीतामा सहयोग गरेको बताए ।
समापन कार्यक्रममा खेलाडिहरु र सयौं स्थानिय दर्शक लगायतको सहभागिता रहेको थियो ।