spot_img

भूमिहिन तथा सुकुम्बासीको समस्या समाधानका लागि नीतिगत पहल जरुरी

 राप्तीसोनारी- भूमिहिन तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि नीतिगत पहल जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लुम्बिनी प्रदेश संवाद समूहको आयोजनामा नेपालगञ्जमा आयोजित ‘भूमि व्यवस्थापनमा नीतिगत चुनौति र समन्वय’ बिषयक अन्तरक्रियामा बोल्ने सहभागीहरुले कानुन संशोधन गरेर समस्याको समाधान गरिनुपर्ने बताए ।

राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष श्रवणकुमार यादवले वन मन्त्रालयका कारण भूमिहिनहरुलाई लालपूर्जा दिन समस्या रहेको बताए । वर्षौंदेखि जोतभोग गरेर बसोबास गरेका सुकुम्बासीहरुलाई वनले जंगल क्षेत्र भन्दै निस्सा दिन  इन्कार गर्दा भूमिहिन व्यवस्थापन गर्न चुनौति देखिएको बताए । १० वर्षदेखि एकै ठाउँमा बसोबास गर्दै आएकालाई निस्सा दिन सकिने आयोगलाई अधिकार दिइएको छ । तर, वनले भने आफ्नो जंगल क्षेत्र भनेर निस्सा दिन रोक लगाउने गरेको छ । उनका अनुसार आयोगले जिल्लाका डुडुवा बाहेक अधिकांश पालिकामा अहिले भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले लगत संकलन गर्ने काम गरिहेको छ । डुडुवामा भने यो काम अघि बढ्न सकेको छैन ।

No description available.

नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले जग्गाधनी पुर्जा प्राप्तिका लागि अपनाइनुपर्ने आवश्यक प्रक्रियाबारे व्यापक बनाइनुपर्ने सुझाव दिए ।  नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख  प्रशान्त विष्टले भूमिहिनहरुको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर रहेको बताए । उनले भूमिहिन समस्यालाई समाधान गर्नु स्थानीय सरकारको पनि दायित्व रहेकाले यसमा आफूहरु गम्भीर रहेको बताए । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भूमिहिनलाई व्यवस्थित गर्ने सवालमा आयोगले स्पष्टसँग काम गर्नुपर्ने बताए । उनले भूमिहिनहरुको समस्या समाधानका लागि समन्वय र सहकार्यका लागि आफू तयार रहेको बताए । यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले आफ्नो पालिकामा भूमिहिनहरुको लगत संकलनको काम पूरा भइसकेको र अहिले रुजु गर्ने काम चलिरहेको बताए । उनले आयोगसँगको सहकार्यमा तत्काल यो समस्यालाई हल गरिनुपर्ने बताए । 

राष्ट्रिय भूमि आयोगका विज्ञ अशोकप्रसाद पोख्रेलले आयोग र वन मन्त्रालय बीचको कानुनी अड्चनलाई संशोधन गरेर भूमिहिनहरुको समस्या तत्काल हल गर्ने गरी आफूहरु लागिपरेको बताए । संवाद समूहका वरिष्ठ सहजकर्ता सुशिल बस्नेतले सहजीकरण गरेको कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह, कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक इश्वरी विक, भूमि सुधार तथा मालपोत  कार्यालयका प्रमुख छविलाल नेपाली, बाँके राष्ट्रिय निकुञ्ज प्रमुख श्यामकुमार शाह, डिभिजन वन कार्यालयका रमेश बुढाथोकी, नेपालगञ्ज उपमहानगरपालिका नापी शाखा सर्भेक्षक पूजा बस्न्यात लगायतले आआफ्नो धारणा राखेका थिए । संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले स्वागत गरेको  कार्यक्रमको उद्देश्यमाथि प्रदेश सहजकर्ता बिक्रम खड्काले  प्रकाश पारेका थिए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.