spot_img

राप्तिसोनारीमा देखियो : दादुरा

खिम प्रकाश डि.सी
राप्तीसोनारी
– नेपालगन्ज उपमहानगरपालिकाबाट फैलिएको दादुरा बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि देखिएको छ ।

राप्ती सोनारी संगै जिल्लाका ६ वटा पालिकामा दादुरा फैलिएको छ । बाँकेको बैजनाथ र जानकी गाउँपालिकामा मात्र दाद्रा देखिएको छैन ।

सोमबार राप्तिसोनारी गाउँपालिका वडा नं २ मा १५ महिनाको बालिकामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा अब बिरामी भएकाको संख्या ३०१ पुगेको छ । दादुरा संक्रमित अधिकांश बालबालिका निको भएका छ्न् । पुष दोस्रो साता देखि सुरु भएको दादुराको महामारीबाट बाँकेमा एकजनाले ज्यान गुमाएका छन् ।

महामारी प्रभावित पालिकाहरुमा दादुरा रुबेला खोप अभियानलाई तीब्रता दिइएको छ । जस्का कारण दादुरा नियन्त्रणमा पनि आइरहेको छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.