राप्तीसोनारी- राप्तीसोनारी गाँउपालिका वडा नम्बर ३ मा मंगलबारदेखी कोभिड विरुद्धको खोप लगाउन शुरु गरिएकाे छ ।
वडामा रहेकाे स्वास्थ्य सेवा केन्द्रमा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम शुरु गरिएएको स्वास्थ्य सेवा केन्द्र इन्चार्ज कल्पना बाेहराले जानकारी दिईन । वडामा पहिलाे दिन ७२ जनाले कोभिड विरुद्धको खोप लगाएकाे बाेहराले बताईन । उनका अनुसार यसअघि एकपटक पनि खोप नलागाएका १८ बर्षमाथिका सबैको लागि भेरोसेलको पहिलो मात्रा, १२ बर्षमाथिका सबै दिर्घरोगीहरु, गर्भवती, स्वास्थ्यकर्मी तथा ५५ बर्षको माथिका सबैलाई पिफाइजरको पहिलो र दोस्रो बुस्टर डोज लगाउने कार्यक्रम रहेको जनाइन ।
वडा बासिहरूलाई वडामा रहेकाे स्वास्थ्य सेवा केन्द्रमा आई कोभिड विरुद्धको खोप लगाउन ३ नम्बर वडाले सर्बसाधारणलाई अपिल गरेको छ ।