एकै रात, एकै ठाउँका दुई सहकारीमा चोरी
खिम प्रकाश डि.सी
राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर तिन नारायणपुरका दुई सहकारी विहिबार राति चोरी भएकाछन् । भुवर भवानी बहुउदेश्यी कृषक सहकारी संस्था लि. र वन तथा वातावरण संरक्षण बहुउदेश्यी सहकारी संस्था लि. चोरी भएका हुन् ।
भुवर भवानी बहुउदेश्यी कृषक सहकारी संस्था लि.को २ लाख १६ हजार ४ सय ८७ रुपयौ चोरी भएको व्यवस्थापन अध्यक्ष दिलप कुमार डाँगीले बताएका छन् ।
वन तथा वातावरण संरक्षण बहुउदेश्यी सहकारी संस्था लि.को ६२ हजार २ सय २५ चोरी भएको व्यवस्थापक वस्नत कुमार रावतले जानककारी दिएका छन् । बाँकी कुराहरु अनुसन्धान भैरहेको ईलाका पहरी धामपुरका ईन्चार प्रविन डाँगीले बताएका छन् ।