spot_img

राप्ती सोनारीमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको कार्यक्रम समपन्न

राप्तीसोनारी– बाँकेको राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिती राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका ठुलो भूगोल भएको पालिका हो त्यसैले हाम्रो पालिकाको सबै ठाउँमा हेर्दा स्वास्थयको अवस्था अलि कम्जोनै छ । तर यसलाई हामीले सुधारदै गएका छौं । अब राप्ती सोनारीका बालबालिकालाई मानसिक र शारीरिक रूपमा तन्दुरुष्ट बनाउन के कुराको आवश्यक छ भन्ने कुराको अध्यान गर्न र त्सलाई सुधारदै लग्नु पर्ने बताए ।


राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले कार्यक्रममा बोल्दै सुनौला हजार दिनका आमालाई पौष्टिक आहार खुवाउनुपर्छ भन्ने जनचेतनाको कमी रहेको बताउँदै स्वास्थ्यकर्मीले प्रत्येक टोल टोलमा गएर जनचेतना जगाउनु पर्नेमा बताएकी छन् । विशेष गरी सुनौला हजार दिनका आमालाई पौष्टिक आहार खुवाउन सकेमा मात्रै बच्चाको बौद्धिक विकास हुने उनको भनाई रहेको थियो।

राप्ती सोनारीमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको कार्यक्रम राप्ती सोनारी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत ओम प्रकाश देवकोटा, राप्ती सोनारी वडा नम्बर १ का वडा अध्यक्ष यम बहादुर खड्का, वडा नम्बर ३ का वडा अध्यक्ष मिन कुमार चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष मिन राज खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु, वडा नम्बर ६ का वडा अध्यक्ष लब राज खरेल, वडा नम्बर ७ का वडा अध्यक्ष राम लखन थारु, वडा नम्बर ८ का वडा अध्यक्ष सालिक राम डाँगी, वडा नम्बर ९ वडाका वडाध्यक्ष सोहन लाल थारु, कार्यपालिका सदस्य, राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र के।सी, सुआहारा (वि) ग्रुप संस्था बाँकेकी कार्यक्रम संयोजक सुजाता आचार्य पालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण सु–आहाराका बाँकेका बरिष्ट कार्यक्रम विज्ञ विकास रोकायले गरेका थिए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.