खिम प्रकाश डि.सी
राप्तीसोनारी– ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा बाँकेको राप्ती सोनारी गाँउपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ । अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । बुधबार राप्ती सोनारीमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भब्यरुपमा मनाईएको छ । नारी मुक्ती आन्दोलकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रचलन छ ।
नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा एिको छ । राप्ती सोनारीमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।
११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा बन्द गरौं, छारो छारी बराबरी पढ्ना पठाउ सरासरी लगाएतका नारा लगाउदै राप्ती सोनारी गाउपालिकाको कार्यलय देखि सुरु भएको र्याली अगैया बजारलाई परिक्रमा गरेको थियो ।
कार्यक्रममा बाल्दै जिल्ला समन्वय समिती बाँकेकी उपसंयोजक सिता कार्किले नेपालको संविधानलृे भेदभावविना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्त आधारम सहभागी हुने हक सुनिश्ति गरेको उल्लेख गरिन । अझै पनि नेपाली महिला कथित बोक्सी, छाउपडि र दाईजो जस्ता कुप्रथा नाममा पीडित भएको उल्लेख गर्दै उनले भन्नि यस्ता कुप्रथाको अन्त्य गर्नुपर्दछ । कानुनको कार्यान्वय गर्न राज्यलाई सघाए यस्ता समस्याको समाधान सम्भव भएको बताईन ।
कार्यक्रमको अध्यक्षता गरेकी पालिकाकी उपाध्यक्ष मनिशा सिंह थारुले नारीमाथि पहिलेदेखि नै विभेद हुँदै आएको भन्दै आफू पनि थुप्रै विभेदहरु भोगेर यो ठाउँसम्म आइपुगेको बताइन् । उनले नारी पुरुष समान भनिएपनि जताजतै विभेद र हिंसा व्यापक रहेको चर्चा गरिन् । कागजमा र भनाईमा मात्र समानताको कुरा गरेर नहुने भन्दै उनले व्यवहारमै परिवर्तन देखिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, वडा न. ३ का वडा अध्यक्ष मिन कुमार थारु वडा न. ५ का वडा अध्यक्ष झगरु थारु, वडा न. ८ का वडा अध्यक्ष सालिक राम डाँगी, कार्यपालिका सदस्यहरु, पालिकाका कर्मचरीहरु र महिलाहरुको उपस्थिति रहेको थियो । महिला बालबालिका शाखाकी प्रमुख सम्झना दलामीले पनि धारणा राखेकी थिइन् ।
११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा बन्द गरौं, छारो छारी बराबरी पढ्ना पठाउ सरासरी लगाएतका नारा लगाउदै राप्ती सोनारी गाउपालिकाको कार्यलय देखि सुरु भएको र्याली अगैया बजार परिक्रमा गरेको थियो ।
राप्ती सोनारी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा हाजर जवाफ प्रतियोगिता संगै विभिन्न व्यक्तिलाई सम्मान गरेको थिए ।
११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा बाँकेको राप्ती सोनारी गाँउपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ । फोटोहरु