खिम डि.सी
राप्तीसोनारी- राप्ती सोनारी गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिएको छ । मंगलबार र बुधबार २ दिनसम्म ६ महिनादेखि १५ बर्षसम्मका ११ हजार ८ सय ९९ जना बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाइएको े राप्ती सोनारी गाउँपालिका स्वास्थ्य प्रमुख देवेन्द्र कुमार के.सी ले बताए । जुन ६२.७ प्रतिशत प्रगति हो । गाउँपालिका ९ वटै वडामा हाल १८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाउन थालिएको के.सीले बताए ।
उनका अनुसार वडा नम्बर १ मा ९९१ ,वडा न. २ मा १२८३, वडा न.३ मा ८४८ , वडा न. ४ मा १०७९, ५वडा न. मा १८८०, वडा न. ६ मा १०६४, वडा न. ७ मा २४२०, वडा न.८ मा ८६५ र वडा न. ९मा ९२९ जना बालबालिकालाई खोप लगाइएको हो । गाउँपालिकामा खोप लगाउन छुट बालबालिकाहरूलाई समेत वडाका स्वास्थ्यकर्मीमार्फत ’खोज र खोप अभियान’ सञ्चालनमार्फत दादुरा–रुबेला विरुद्धको खोप सेवा प्रदान गरिने स्वास्थ्य प्रमुख देवेन्द्र कुमार के.सीले बताए । माघ १६ गतेदेखि देखिएको दादुराबाट राप्तीसोनारीमा हालसम्म ६ बालबालिका संक्रमित भइसकेका छन् । उक्त खोप केन्द्र बिहान १० देखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ।