खिम प्रकाश डि.सी.
राप्ती सोनारी, पुष २०
राप्ती सोनारी गाउपालिका वडा नं. ८ र सब डिभिजन बन कार्यालय शंम्शेरगंन्ज बांकेको सहकार्यमा शितलहर छल्न आगो बाल्ने दाउरा वितरण गरिएको छ । निरन्तररुपमा चलेको चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राप्ती सोनारी वडा न।ं ८ मा बुधबार दाउरा वितरण गरिएको हो ।
राप्ती सोनाारी गाउँपालिका वडा न।ं ८ का वडा अध्यक्ष सालिक राम डाँगीका अनुसार आज पहिलो दिन ओभरी चोक, प्रहरी चौकी नजिक, खाने पानी नजिक, साना किसान नजिक, सि एफ सी सी को अफिस नजिक र वडा कार्यलय नजिक गरी वडाका विभिन्न ६ स्थानमा दाउरा वितरण गरिएको छ ।
शितलहर तथा अत्यधिक जाडो बढेपछि सर्वसाधारणका लागि आगो ताप्न दाउरा वितरण गरिएको हो ।
वडा न।ं ८ का मुख्य क्षेत्र र आवश्यकता अनुसार वडाका चोक र मानिसहरु जम्मा हुने स्थानमा आगो बाल्नका लागि दाउरा वितरण गरिएको वडा अध्यक्ष सालिक राम डाँगीले बताए ।