राप्तीसोनारी- शान्तिनगर गाउँपालिकामा चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता बिहीबार देखि सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका सांसद तथा नेपाली कांग्रेस संसद् दलका नेता डिल्ली बहादुर चौधरीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले खेलकुदले मानिसलाई निरोगी, अनुशासित र लगनशील बनाउने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री चौधरीले खेलकुद र खेलाडी देश गहना भएकाले खेलकुद र खेलाडीको लागि सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले शान्तिनगर गाउँपालिकालाई खेलकुदको क्षेत्रमा विकास गर्न खेलकुद प्रतियोगिता राखिएको बताए । गाउँपालिकामा विभिन्न विकाससँगै खेलकुदको विकासमा पनि ध्यान दिँदै युवा खेलाडीलाई प्रोत्साहन गरिने उनले बताए। सक्षम र दक्ष खेलाडी उत्पादन गरि राष्ट्रिय स्तर सम्म शान्तिनगर गाउँपालिकालाई चिनाउने लक्ष्य रहको उनले बताए । कार्यक्रममा पालिका उपाध्यक्ष प्रेमा बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले खेलकुदले जीवन स्वस्थ र तन्दुरुस्त बनाउने बताउनुभयो । साथै तीन दिन सम्म सञ्चालन हुने अध्यक्ष कप खेलकुद प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, विद्यालय प्रतिनिधि, समाजसेवी, खेलप्रेमी र खेलाडीहरूको सहभागिता रहको थियो । कार्यक्रम सहजिकरण शिक्षा, युवा र खेलकुद शाखा प्रमुख सुमन पाण्डेले गरेका थिए । फागुन १८ गते देखि सुरु भएको अध्यक्ष कप खेलकुद प्रतियोगिता फागुन २० गते सम्म सम्म सञ्चालन हुने छ । फुटबल र भलिबल प्रतियोगिता हुने छ । प्रतियोगितामा सात वटै वडाका खेलाडीको सहभागिता रहेको छ । खेल शान्तिनगर ७ स्थित मावि तुलसीपुरको खेलमैदानमा भइरहेको छ ।