राप्तीसोनारी- भौगोलिक विकटता भएका जिल्लाहरुमा अझै पनि सडक संजालदेखि पूर्वाधार विकास तथा सामाजिक विकासका कामहरु कमै भएको पाइन्छ । भौगोलिक बनावटका कारण पूर्वाधार विकासमा धेरै खर्च गरे पनि कम परिणाम देखिने गरेका अनुभव दुर्गमका पालिकाहरुमा छ । यसर्थ ५ वर्षअघि सडक संजालले नछोएको जाजरकोट जिल्लाको नलगाड नगरपालिकासम्म नेपालगन्जबाट सवारी साधान पुग्दै गर्दा पूर्वाधार विकाशमा आशालाग्दा परिवर्तन भएका छन् भन्न सकिन्छ । यस सन्दर्भका बीच नजगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावतसँग गरिएको नगर विशेष संवाद् ।
निर्वाचनपश्चातको पहिलो कार्यकालको अन्त्यसम्म आईपुग्दा के–के कामहरु भएका छन् ?
जेठ ६ गते मैले सफतग्रहण लिई सकेपछि, पुरानै योजनाहरुलाइ फच्र्योट गर्ने गरियो । यता वर्षापछि दशैं, तिहार भएका कारण मर्मत सम्भारका कामहरु पहिलो चरणमा पर्यो । फेरि संघ र प्रदेशको चुनाव आयो, त्यसले पनि हाम्रा कामहरुमा केही अवरोध पैदा गर्यो । अहिले कितपय ठाउँहरुमा मर्मत सम्भारदेखि स्तरोन्नतीका कामहरु भई रहेका छन् । वडा नम्बर ९ र १३ मा पनि सडक संजाल पुर्योउने कामलाई प्राथमिकता दिइरहेका छौं । केही पुराना र केही नयाँ कामलाई प्राथमिकता दिएर काम भइरहेका छन् ।
यो वर्ष सडक निर्माणमा केही नयाँ कामहरु सुरु भएका छन् ?
यहाँको कालिमाटीदेखि ३ वडाको कैनासम्म कालोपत्रेका लागि टेण्डर भइसकेको छ । त्यसपछि कालिमाटीदेखि ५ नम्बर वडाको खानटाकुरा भन्ने ठाउँसम्म स्तरोन्नतीका लागि कार्यक्रमहरु परेको छ । अन्य चाओलीचोरदेखि साउली वन हुँदै कट्केस्वरसम्मको ट्रयाक ओपन भएको छ । ९ नम्बरमा पनि सडक निर्माणका कामहरु भइरहेको छ ।
तपाई जनप्रतिनिधि भइरहँदा जनताले तपाईबाट के चाहाना राखेको पाउनु भयो ?
जनचाहनाको कुरा गर्दा सडक पूर्वाधार कै काम बढी छन् । त्यस्तै सिँचाइको कुरा भयो, संचारको कुरा भयो, कार्यालय भवनका कुरा भयो यिनै कुराहरु छन् भने रोजीरोटीका लागि कुनै व्यवसाय कुरा, रोजगारको कुराहरु चर्कोरुपमा उठी राखेको छ । यसमा सानोतीनो जागिर खुुले पनि थुर्पैको इच्छा आकंक्षा हुन्छ । हिजोका दिनमा आफू त्यो ठाउँमा हुँदा त्यस्तै भई दिए हुन्थ्यो भन्ने लागि रहेको थियो । आज पनि मसँग त्यस्तै आवाजहरु आउँछन् । त्यस्तै शिक्षा क्षेत्रमा सुधार भइदिए हुन्थ्यो भने जनताले आशा गरिराका छन् ।
यस्ता आशाहरुलाई नलगाड नगरपालिकाले कत्तिको पूरा गर्न सक्छ, तपाईको कार्यकालभित्र ?
यो सबै पूर्ण हुन्छ भन्ने त लाग्दैन । तर जति विकाश हुँदै जान्छ, त्यति नै जनाताका आशाहरु पूरा हुँदै जाने हुन् । र नयाँ आवश्यकताहरु थपिँदै जान्छन् । मबाट जनता पूर्ण सन्तुष्ट हुन्छन् भन्ने त मलाई पनि लाको छैन । तर शिक्षाको सुधारमा जनताको आशालाई पूरा गर्छु जस्तो लाग्छ । किनकी यसमा हामीले विद्यालय, शिक्षक र अभिभावकसँग बसेर एउटा छलफलको कुरालाई टुग्यायांै र अनुगमनको कामलाई विशेष जोड दियौं । पछिल्लोपटक जाँदा केही सुधार भएको पनि पायौं । दरबन्दी नभएको प्रस्तावित मावि र आविमा १५ जना शिक्षकको नगरपालिकाले दरबन्दी सृजना पनि गर्यो । र यसलाई निरन्तरता पनि दिएको छौं । मलाई लाग्छ केही सुधार हुन्छ भन्ने ।
अन्य क्षेत्रमा केही सुधारका कामहरु भएका छन् ?
त्यस्तै स्वस्थ्य सुधारका लागि पनि जनताको आशा अनुसार हामीले सुरक्षित सुत्केरी, सुरक्षित प्राथमिक स्वास्थ्य आ–आफ्नो गाउँ ठाउँमा भइदिए हुन्थ्यो भन्ने कुराहरुमा हामीले सुधार ल्याएका छौं । भूगोलको कठिनाई हुँदा पनि हामीले १३ वटा वडाहरुमा १७ वटा प्राथमिक उपचार केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्रलगायत सुरु भएको छ । १ नम्बर र १२ नम्बरमा अहिले आधुनिक भवन र टेक्नोलोजी भएको वर्थिङ सेन्टरको भवनको पनि उद्घाटन भएका छन् भने अन्य वडाहरुमा पनि त्यो किसिमको वर्थिङ सेन्टर बढाउँदै छौं । केही वडाहरुमा अलि सुविधासहितको वर्थिङ बेडहरुको पनि सुविधा दिएका छौं भने नगरमा डाक्टरको अभाव थियो । त्यसको पुर्ति गरेका छौं । एक्सरे, भिडियो एक्सरेको अभाव थियो । त्यसको पनि व्यवस्था गरेका छौं । संचारका लागि पनि विभिन्न वडाहरुमा टावर लगाउने र नेटवर्क छोड्ने काम भइरहेको छ । सिँचाइमा पनि नपुगेका ठाउँहरुमा माग गरेर लगतै काम सुरु हुने प्रक्रियामा छ । खानेपानीको लागि पनि सबै घरहरुलाई स्वस्थ्य खानेपानी उपलब्ध गराउन हामीले अहिले सर्वेक्षण सुरु गरिरहेका छौं ।
अन्य विकासका कामहरु हुँदै गर्दा कार्यालयहरुमा कर्मचारी सुनिश्चिता कस्तो छ । जसले गर्दा नलगाडले दिनुपर्ने सेवालाई पूर्णता दिन्छ ?
नगरपालिकामा हुनुपर्ने दरबन्दीमा पूर्णता त छैन । केही कमै छ । त्यसैले पनि जति कर्मचारी छन् उहाँहरुलाई दौडधुप गराएर गर्नुपर्ने कामहरु सम्पन्न गर्न लगाएका छौं । नलगाडमा भौगाोलिक विकटता भएका कारणा सामाजिक सुरक्षा भत्ताका लागि टाडा–टाडाबाट आएर बैंकमा लाइन लागेर लिनुपर्ने बाध्यता थियो । भत्ता लिन आउँदा भाडैमा त्यो रकम खर्च भइजाने हुनाले अलिकती नगरपालिकाबाट र केही बैंकबाट कर्मचारी खटाएर ३÷४ वटा स्थानबाट भत्ता विवतरण गर्यो । माथिको १० देखि १३ सम्मका १२ नम्बरको तल्लो बगरमा, १ नम्बर मा, ३, ४, ६ को एक ठाउँमा यसरी सामाजिक भत्ता वितरण गर्ने काम गर्यो ।
जनताले तपाईहरुलाई विकास निर्माणका काम गर्न पठाएका हुन् । जनप्रतिनिधि भएर काम गर्दै गर्दा तपाईहरुलाई कस्ता–कस्ता चुनौती आउने गर्छन् ?
चुनौती नहुने भन्ने त हुँदैन । तर एउटा कुरा यहाँको भौगोलिक विकटताले गर्दा पहाडी जिल्लाको नगरपालिकामा आन्तरिक राजस्व संकलन कमै उठ्छ । अर्को कुरा पालिकाका वडाहरुमा बाटो पुर्योउँदा चट्यानहरु कटिंग गर्नुपर्ने, खर्च बढी हुने, विकास निर्माणका कामहरु कम भएको जस्तो देखिने हुन्छ । यसमा बजेट पनि कमी भएको महसुस हुन्छ । अनि क्षमतावान कर्मचारीहरु यस्तो विकट ठाउँमा आउन पनि गाह्रो भएको मान्ने, सिंहदरबार छोड्न गाह्रो मान्ने । त्यस कारण कर्मचारीको अभाव पनि हुने देखिन्छ ।