राप्तीसोनारी- सनराइज बैंक लिमिटेडका ग्राहकले नेपालगञ्जस्थित थोपा प्रयोगशालामा सेवा लिएबापत तिर्नुपर्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने विषयमा बैंक र थोपा प्रयोगशालाबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार सनराइज बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले थोपा प्रयोगशाला नेपालगञ्जमा सम्पूर्ण प्रयोगशाला जाँचमा २० प्रतिशत छुट पाउने जनाइएको छ ।
व्यक्तिगत र चिकित्सकको सुझाव अनुसार गरिने प्रयोशाला परीक्षण सेवामा बैंकका ग्राहकलाई थोपा प्रयोगशालाले २० प्रतिशत छुट दिने सञ्चालक सुलभ आचार्यले जानकारी दिए । प्रयोगशालाले बैंकमा कार्यरत कर्मचारीहरुलाई समेत विशेष छुट प्रदान गर्नेछ ।
सम्झौतामा बैंकका शाखा प्रबन्धक हरिहर सुवेदी र थोपा प्रयोगशालाका सञ्चालक सुलभ आचार्यले हस्ताक्षर गरेका छन् ।सम्झौता अन्तर्गत सनराइज बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत प्रयोग गर्ने ग्राहकहरुले छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
थोपा प्रयोगशालाले अहिले विश्वकै सबैभन्दा आधुनिक टेक्नोलोजी इक्लियाबाट Thyroid Function, Tumor Marker,Fertility\ Hormone Test, Infectious Disease, Anemia Test, एलर्जीको लागि IGE परिक्षण गरिरहको जनाएको छ । “सैबजसो उपकरणहरु USFDA मान्यता प्राप्त छन्,” सञ्चालक आचार्यले भने–”यी सबै उपकरणहरुको Precision बढी भएकाले रिपोर्टको एक्कुरेसी बढी रहन्छ ।”
यस्तै HBA1C टेष्टको Gold Standard Technology HPLC र अरु Haemoglobinopathy (सिकलसेल, थ्यालेसिमिया ) समेत HPLC बाट भइरहको प्रयोगशालाका इन्चार्ज आकाश मिश्रले जानकारी दिए ।
प्रयोगशालामा Biochemistry को सबै जाँचहरु Full Automation विधिबाट भइरहको मिश्रले बताए । प्रयोगशालामा बाथरोग सम्बन्धिका जाँचहरु ( RF, CRP, Anti- CCP ) साथै PBS, Pap Smear Test, FNAC समेत भइरहेको बताइएको छ । प्रयोगशाला इन्चार्ज मिश्रका अनुसार थोपामा माइक्रोबायोलोजीको कल्र्चर, एन्टिबायोटिक सेन्सिटीभीटी टेष्ट पनि गरिन्छ ।
प्रयोगशालाले नेपालगञ्ज- १० स्थित गणेशमान चोकदेखि भेरी अस्पताल जाने बाटोमा रहेको थोपा भवनबाट सेवा दिइरहेको छ ।