खिम प्रकाश डि.सी
राप्तीसोनारी- सरस्वती सामुदायीक वन उपभोग्ता समुह द्धारा विपन्नमुखी कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई सामग्री वितरण कार्यक्रम गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर तिन स्थित रहेको सरस्वती सामुदायीक वन उपभोग्ता समुहले शुक्रबार एक कार्यक्रमका बिच ७० विपन्न घर परिवारलाई सामग्री वितरण गरेको हो । सरस्वती सामुदायीक वन उपभोग्ता समुहमा रहेका ३४ विपन्न घर परिवारलाई ग्याँस र ३६ जनालाई मोटर विरण गरेको थियो ।
विपन्नमुखी कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई सामग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अथिती राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले विश्वमा बढदो बायु प्रद्सणलाई रोक्न, र महिलाहरु निकै व्यस्त हुने हुदा दाउरा बालेर र खाना पकाउन निकै समय लाग्ने हुनाले छोटो समयमा नै खाना पकाउन सहज हुने बताएकी छन् ।
कार्यक्रमकी सभापति तथा सरस्वती सामुदायीक वन उपभोग्ता समुहकी अध्यक्ष राजमोती थारुले कार्यक्रममा बोल्दै यहाँ निकै समस्याहरु छन् बर्खामा पानी आउछ, दाउरा भिजे पछि खाना पकाउन निकै समस्या हुदै आएकोले ग्यास वितण गरेका हौं ।
विशिष्ट अथती नि. वर्तमान राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले कार्यक्रममा बोल्दै बायु प्रदुसण राक्ने पहिलो कदम अघि बडाएको बताएका छन् । दाउरा बाल्दा त्सबाट निसकिने धुवाले वायुमा निकै असर गरेको बताउदै सरस्वती सामुदायीक वन उपभोग्ता समुहले नयाँ कामको थालनी गरेकोमा धन्यवाद समेत ज्ञापन गरेका थिए ।
अथिती राप्ती सोनारी गाउँपालिका वडा नम्बर तिनका वडा अध्यक्ष मिन कुमार थारुले कार्यक्रममा बोल्दै विश्वमा बढदो बायु प्रद्सणलाई रोक्न र धुवाबाट निकै रोगहरु लाग्ने भएको हुनाले त्यस्ता खालका रोगबाट पनि बचना सकिने बताएका छन् ।
कार्यक्रमा बोल्दै अथिती सिक्टा सब डिभिजन वन कार्यलय बैसाका सहायक बन अधिकृत शुनिल आचार्यले नेपालमा वनसम्पदाको निकै महत्व छ नेपालको हरियो वन नेपालको धन भन्ने कुराले पुष्टि गर्दछ । सामान्य जनजीवनमा आवश्यक पर्ने काठ, दाउरा, इन्धन तथा विभिन्न उद्योग व्यवसायको लागि आवश्यक पर्ने कच्चा पदार्थ पशुपालनको लागि चाहिने घाँसपात, चरण र पशुपंक्षी तथा जनावरको लागि बासस्थान नै बन सम्पदा अभिन्न अगंको रुपमा वनेको हुदा हामिले दाउरा दाउराको नाममा जथाभावी वन जंगल काटि रहेका छौं, यसलाई नियन्त्रन गर्न ग्यासको प्रयोग विकल्प भएको बताए ।
उक्त कार्यक्रममाबुद्धि जिवी, जन प्रतिनिधि,पत्रकार,सुरक्षा निकाय र ८० भन्दा बढी स्थानियहरुको उपस्थिती रहेको थियो ।
राप्ती सोनारी गाउँपालिका कै कान्छो सामुदायीक वन उपभोक्ता समुह भनेर पनि सरस्वती सामुदायीक वन उपभोग्ता समुहलाई चिन्निछ । यस सरस्वती सामुदायीक वन उपभोग्ता समुहमा अहिले १ सय ३ जना उपभोग्ता रहेका छन् । यस बन उपभोग्ता समुहलाई महिलाले नेतृत्व गरेर पनि समाजमा निकै राम्रा कामहरु गरेको पाईन्छ ।