spot_img

राप्ती सोनारीमा भूमिको निस्सा वितरण

राप्तीसोनारी- राप्ती सोनारीको वड नम्बर ३ मामात्रै भूमिहीन दलित २६, भूमिहनि सुकुम्वासी ३९ र अव्यवस्थित बसोबास गर्ने ७ सय ९० जना रहेका छन् ।

राप्तीसोनारी बाँकेको राप्ती सोनारी गाउँपालिकामा लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन भूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग र राप्ती सोनारीको सहकार्यमा सोमबारदेखि राप्ती सोनारीको वडा नम्बर ३ मा निस्सा वितरण सुरु गरिएको हो ।

राप्ती सोनारी गाउापालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, राष्ट्रिय भूमि आयोगका बाँके जिल्ला अध्यक्ष श्रवनकुमार यादव, भूमि आयोग राप्ती सोनारी शाखा प्रमुख शेरबहादुर रोकाय, वडा ३ का वडा अध्यक्ष मिनकुमार चौधरीलागतयको टोलीले वडा ३ को कार्यालयमा वडावासीलाई निस्सा वितरण गरेका छन् ।

उक्त कार्यक्रममा पालिका अध्यक्ष पौडेलले जनतालाई विकासभन्दा पहिलो सकारले गाँस, वास र कपासको व्यवस्था गर्नुपर्ने बताए । ‘वर्षैदेखि हामी बस्दै आएको जग्गाको पूर्जा नहुनु हाम्रो समस्या थियो । आजदेखि त्यो जग्गा तपाईहरुको भएको छ । संविधानमै उल्लेख छ ।

भूमिहीन दलित र सुकुम्वासीहरुलाई जग्गा किनेर दिनु पर्छ राज्यले,’ पौडेलले भने, ‘विकास भनेको गर्दै जाने हो तर पहिला सबैलाई गाँस, बास र कपास आवश्यक हुन्छ, त्यसैले अहिले पालिकाले यो कामलाई प्राथमिक्तामा राखेको छ ।

राप्ती सोनारीको वड नम्बर ३ मामात्रै भूमिहीन दलित २६, भूमिहनि सुकुम्वासी ३९ र अव्यवस्थित बसोबास गर्ने ७ सय ९० जना रहेका छन् । उनीहरुका लागि सोमबादेखि निस्सा वितरण काम सुरु भएको राप्ती सेनारी शाखा प्रमुख रोकायल बताए । निस्सा वितरणपश्चात लालपुर्जा वितरण हुने कार्यक्रम रहेको रोकायलेब बताए ।

जसका लागि सर्वप्रथम जग्गा नाप्ने काम हुने उनले बताए । ‘अब भोलीदेखि सूचना जारी भएर १५ दिनमा जग्गा नाप्ने काम सुरु हुन्छ,’ रोकायले बताए, ‘ जग्गा नापे लगतै लालपुर्जा वितरणको काम अघि बढाउँटछौं ।’ रोकायका अनुसार वडा नम्बर ३ को लालपूर्जा वितरणपश्चात अन्य वडाको काम अघि बढाइने छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.