राप्तीसोनारी- कारितास नेपाल द्धारा राप्ती सोनारी गाउँपालिका वडा नम्बर तिनमा वडा विपद् व्यवस्थापन समितिका सदस्यहरुलाई विपद् जोखिम व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम समपन्न गरको छ ।
तालिममा विपद् जोखिम सम्बन्धि नेपाल सरकारको नीतिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था, जोखिम हस्तान्तरण संयन्त्र र वडामा आक्समिक तथा विपद् जोखिम व्यवस्थापन कोष सञ्चालन कार्यविधि जस्ता विषयमा सहभागीहरुलाई जानकारी दिइएको थियो ।
उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नम्बर तिनका वडा अध्यक्ष मिन कुमार चौधरी, ईलाका प्रहरी कार्यलय धामपुरका ईन्चार प्रविन डाँगी, वडा विपद् व्यवस्थापन समितिका सदस्यहरु, वडा नम्बर तिनका वडा सदस्यहरु लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।