spot_img

‘खोप र खोप’ अभियानका लागि वडा-वडामा कार्यशाला

 राप्तीसोनारी- नेपालगञ्जमा पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि खोज र खोप अभियान सुरु हुँदैछ ।  

खोज र खोप अभियानलाई प्रभावकारी बनाउन वडा वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ र १८ मा गोष्ठी गरिएको छ । कार्याशाला गोष्ठीमा वडा सदस्यहरु, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

वडा नम्बर ४ को गोष्ठी वडा अध्यक्ष एवम् वडा स्तरीय खोप समन्वय समितिका संयोजक गोपाल पुनको अध्यक्षतामा भएको थियो । सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रकी जनस्वास्थ्य अधिकृत रोशनी पुनले कार्यशाला गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् भने स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा सिनियर अहेब राजन शाही, विनोद विक पनि उपस्थित थिए । यसअघि वडा नम्बर २, ३, ५, ६, ७, ८, ९, १०, ११, १३, १४, १५, १६, १७, १९, २१, २२ र २३ मा कार्यशाला गोष्ठी गरिसकिएको छ ।

पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा वडामा कार्यशाला गोष्ठी भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रहरुमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको बस्नेतले बताए । 

वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । 

नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइरहेको बस्नेतको भनाई छ। पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य पनि लिइएको छ । वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि छ ।

नेपालगञ्जलाई गत वर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको छ । पूर्ण खोप घोषणा भएको नेपालगञ्जमा हालसालै दादुरा महामारी देखिएको थियो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो । सिनियर अहेब अधिकृत गोरखनाथ योगीले बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालेको बताए ।

No description available.
spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.