राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा आत्मनिर्भर लघु वित्तीय संस्थाले महिला संग वित्तीय साक्षरता कार्यक्रम गेरेकोे छ । आत्मनिर्भर लघु वित्तीय संस्था बैजापुर शाखाले मंगलबार महिला संग वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
आत्मनिर्भर लघु वित्तीय संस्थाले ग्रामीण भेगका महिलाहरुको जीवन स्तरमा ठूलो परिवर्तन ल्याएको बताएको छ । राप्ती सोनारी ४ बैजापुरमा शाखा स्थापना गरेर विगत लामो समय देखि महिला दिदी बहिनिहरुलाई उधमी बनाउँदै आत्म निर्भर बनाएको दावी गरेको थियो ।
कार्यक्रममा सहभागी महिलाहरुले बिना धितो पायको ऋणले उधमी बन्न सफल भएको उल्लेख गरेका थिए ।
महिला संग वित्तीय साक्षरता कार्यक्रममा ८३ केन्द्र मध्ये , ४ वटा केन्द्र उत्कृष्ट घोषणा गरि पुरस्कृत समेत भएका छन । साइपुरका महिला समूह प्रथम, कुम्भरका महिला समूह दोस्रो, चाचर्फर्का महिला समुह तेस्रो र सान्त्वना सम्झना महिला केन्द्र कुसुम भएर पुरस्कृत भएका हुन ।
यसैगरी उधमी महिला भगवतिपुर कि बजारी थारु, कुम्भरकी हिरा बिक, बेलासपुरकी शिला कुमारी थारु पनि पुरस्कृत भएका छन ।
कार्यक्रममा उक्त संस्थाका प्रमुख सौगात चौधरिले महिला दिदी बहिनिहरुको सहयात्री संस्था बन्ने र कसैले ब्यबसाय गर्न चाहन्छ, सम्पती छैन, पुजि छैन त्यसको लागि आत्मनिर्भर लघु वित्तीय संस्था साथी बनेर सहयात्रा गर्ने गरेको दावी गरेका थिए। वित्तीय संस्थाहरुको विभिन्न खाले भ्रमको पछि नपर्न समेत प्रमुख चौधरीले आग्रह गरे । कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक हित बहादुर थापा, वडा न.४ का वडा सचीव होम सुर्य केसि , पत्रकार हेमन्त चौधरी, प्रहरी नायव निरीक्षक प्रवीण डाँगी लगायत ६० भन्दा बढी महिला दिदि बहिनीको उपस्थिती रहेको थियो ।