spot_img

‘खजुरा बसपार्क’ निर्माणको तयारी

राप्तीसोनारी- बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा दिन प्रतिदिन सवारी साधनहरुको चाप बढ्दै गइरहेको अवस्था छ । खजुराबाट नेपालगन्ज, गुलरीया, राजापुर हुँदै टिकापुर, धनगढि लगाएतका क्षेत्रका लागी छुट्ने साना तथा ठुला सवारी साधन सडक छेउमै राखिने गर्दा दुर्घटना र जाम हुने समस्या बढ्न थालेपछि स्थानिय सरकार खजुरा बसपार्क बनाउन अग्रसर देखिएको छ ।

खजुराले एक विगाह क्षेत्रफलमा बसपार्क बनाउने कार्यको लागी गृहकार्य सुरु गरेको छ । खजुरा गाउँपालिकाले एक सुचना जारी गर्दै वडा नम्बर ३ मा बसपार्क बनाउने कार्यको जानकारी गराएको हो । बसपार्क बनाउने भनिएको स्थानसम्म पुग्ने १० मिटरका ४ वटा बाटो र १ वटा ५ मिटरको बाटो रहेको गाँउपालिकाले जनाएको छ । बसपार्क बनाउन ०३५/१२०६-३ सिट नम्बर भएको साविकको बागेश्वरी गाविस वडानम्बर २ मा रहेको जग्गामा निर्माण गर्न प्रारम्भीक कार्य सुरु गरिएको खजुरा गाउँपालिकाका सुचना अधिकारी दिल बहादुर पौडेलले जानकारी दिए ।

गाउँपालिकाले छनोट गरेको जग्गा केहि सरकारी भएपनि केहि निजि जमिन रहेको छ । खजुरा गाँउपालिका खजुरा बजार क्षेत्र आसपास भित्र व्यवस्थित बसपार्क निर्माण कार्य गर्ने गरि गाँउपालिकाबाट तयार भएको स्थानिय पुर्वाधारका लागि जग्गा व्यवस्थापन समितिबाट पहिचान गरिएको उक्त जमिनका जग्गा मालिकहरुले निशुल्क वा सशुल्क रुपमा जग्गा पालिकालाई उपलव्ध गराउन पालिकाले आग्रह सहितको ३० दिने सुचना समेत निकालेको छ । सुचनामा उल्लेख भएका केहि जमिनको रेकर्ड फेला नपरेको, केहिको नेपाल सरकार जनिएको लगाएत छन ।

खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर विकले खजुरालाई बसपार्कको अति आवश्यक देखिएकाले यसतर्फ पालिकाले विशेष ध्यान दिएर निर्माण गर्ने गरि प्रारम्भिक कार्यको सुरुवात गरिएको उल्लेख गरे । बसपार्कलाई छिटो र व्यवस्थित बनाउन हामि जनप्रतिनिधि र कर्मचारी लागि पर्ने अध्यक्ष विकले बताए । खजुराको लागी बसपार्क एक गौरवको योजना हुने अध्यक्ष विकले उल्लेख गरे । यस अघि नै खजुरामा बसपार्क बनाउने भनिएपनि काम अघि बढ्न सकेको थिएन तर अब हामिले यो कार्यलाई सम्पन्न गर्ने गरि काम गर्नेछौं अध्यक्ष विकले प्रतिवद्धहुदै भने ।

खजुरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बसपार्क निर्माण हुदाँ खजुराको एरिया व्यवस्थित हुने र अव्यवस्थित सवारी साधनको पनि उचित व्यवथापन गर्न सकिने भएकाले यसकार्यमा खजुरेली जनताले सघाउनपर्नेमा जोड दिए ।

खजुरा गाँउपालिकाले निकालेको सुचना हेर्नुस्

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.