spot_img

पालिकाको विकासमा हातेमालो आवश्यक : अध्यक्ष पौडेल


राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाँउपालिकाको अर्ध वार्षिक समिक्षा गोष्ठि सकिएको छ । गाँउ कार्यपालिकाको आयोजनामा बुधबार देखि सुरु भएको अर्ध वार्षिक समिक्षा गोष्ठि विहिबार सकिएको हो ।

राप्ती सोनारी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाको अध्यक्षतामा भएको बार्षिक समिक्षा गोष्ठीमा गाँउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पालिकाको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताए । अध्यक्ष पौडेलले जनप्रतिनिधिले जनतामाझ गरेका बाचा पुरा गर्न कर्मचारीहरुबाट नै सम्भव हुने भन्दै यसतर्फ विशेष ध्यान दिन आग्रह गरे । गोष्ठिमा अध्यक्ष पौडेलले जनताको मतको सम्मान विकास गरेर देखाउनु रहेको भन्दै आफु कटिबद्ध रुपमा लागेको र अरु पनि सोहिरुपमा लाग्न पर्नेमा जोड दिए ।

गाँउपालिकाका उपाध्यक्ष मनिसा सिंहथारुले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सुमधुर रहेको सोहि अनुसार पालिकाको विकासमा लागिरहेको उल्लेख गरिन । उपाध्यक्ष थारुले जनताको चाहना अनुरुप कार्यक्रम ल्याइएको हुँदा त्यसलाई कार्यन्वयन तर्फ लैजानु कर्मचारीहरुको जिम्मेवारी रहेकोले यसमा खटेर पुरा गर्न आवश्यक रहेको बताइन । उपाध्यक्ष थारुका अनुसार गोष्ठिले दिएको मार्गनिर्देश अनुसार थप परिक्रृत हुदै कार्य सम्पन्न तिर जानुपर्नेमा जोड दिइन । गोष्ठिमा गाँउपालिकाको सबै शाखाहरुले आफ्नो कार्य प्रगति प्रस्तुत गरेका थिए ।

गोष्ठिमा आगामि कार्ययोजनाको बारेमा समेत छलफल गरिएको राप्ती सोनारी गाउँपालिकाका सुचना अधिकारी बालानन्द पौडेलले जानकारी दिए । अर्ध बार्षिक समिक्षा गोष्ठिमा प्रस्तुत भएको प्रस्तुतिकरणका आधारमा गाँउपालिकाले चालु आर्थिक वर्षको हालसम्म ३३ प्रतिशत पुंजिगत प्रगति गर्न सकेको छ भने चालु तर्फ ५२ प्रतिशत प्रगति गर्न सफल बनेको प्रमुख प्रशाशकिय अधिकृत देवकोटाले जानकारी दिए । बाँकी प्रगति सम्पनन गर्न कर्मचारी र जनप्रतिनिधि सगैं स्थानियको सहयोग अपरिहार्य रहेको गोष्ठिमा बोल्ने अधिकाशले बताएका थिए । गोष्ठिमा शाखाहरुले प्रयाप्त सेवा सुविधा नहुदा कार्य सम्पादनमा कठिनाई हुने गरेको गुनासो गरेका थिए । सावैजनिक सम्पतिको संरक्षणमा सबैको चासो हुनुपर्नेमा सहभागिले जोड दिए । शिक्षा, स्वास्थ्य तथा भौतिक निर्माण लगाएतका विकासका गतिविधिलाई प्रभाव पार्ने कुनैपनि कार्य कसैले गर्न नहुने र नगर्नेमा सबैले एक्केवद्धता जनाएका छन । भौगोलिक दृष्टिकोणको केहि कठिनाई रहेको पालिका रहेपनि जनताको सेवामा कसैले पनि कुनै बाहाना बनाउन नहुने एक जनप्रतिनिधिले उल्लेख गरे । दुई दिन सम्म चलेको अर्धबार्षिक समिक्षा गोष्ठिले पालिकाको आगामि कार्य सम्पादन सम्पन्न गर्न थप मद्धत पुगाउने अपेक्षा लिइएको प्रमुख प्रशासकिय अधिकृत देवकोटाले जनाए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.