राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरु बिच ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । राप्ती सोनारी गाउँपालिकाको आयोजनामा आयोजित ब्याडमिन्टन प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो । उक्त कार्यक्रमको उद्घाटन राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले गरेको थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले खेलाडिहरुले राप्ती सोनारीलाई देश तथा विदेशमा चिनाउन सफल भएका छन् अझ खेल क्षेत्रलाई सुधार गर्दै जानुपर्नेमा जोड दिएका हुन । अध्यक्ष पौडेलका अनुसार यो जनप्रतिनिधि र कर्मचारी बिच भएको ब्याडमिन्टन प्रतियोगिताले जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्धलाई अझ निकट लाउन सहयोग गर्ने बताएका छन् ।
प्रतियोगिताका खेल संयोजक उपेन्द्र के.सीका अनुसार खेलका १५ टिमले सहभागिता वनाएको बताएका छन् । खेल संयोजक के.सीका अनुसार ब्याडमिन्टन प्रतियोगिता २४ गते देखि २६ गते सम्म संचालन हुने बताएका छन् । ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने समुहले १५ हजारर प्रमाण पत्र, दोस्रो हुने समुहले १० हजार र प्रमाण पत्र र तेस्रो हुने समुहले ७ हजार र प्रमाण पत्र पाउने बताएका छन् ।