spot_img

नेपालमा एक वर्षमा ६ लाख १४ हजार बढि पर्यटक भित्रिए

काठमाडौं,२०७९ पुष १७
नेपालमा एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा कोभिड(१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिए । जुन सन् २०२१ को तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशत धेरै हो ।
सन् २०२२ मा सबैभन्दा भारतीय पर्यटक आएका छन् । बोर्डका अनुसार २ लाख ९ हजार १०५ जना भारतीय नेपाल आएका छन् । दोस्रोमा अमेरिकी छन् । ७७ हजार ९ जना अमेरिकी नेपाल आएका छन् । तेस्रोमा बेलायती छन् । बेलायतबाट ४४ हजार ७८१ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । अस्ट्रेलियाबाट २६ हजार ८७४ जना आए का छन् । बंगलादेशबाट २५ हजार ३८४ जना पर्यटक आएका छन् ।
spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.