नेपालगंन्ज,पुष १८
ठक्कर दिने चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने माग राख्दै मंगलबार चौंथोे दिन नेपालगन्जका विभिन्न स्थानमा सडक अवरुद्ध पारिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका अन्तरगत धम्बोझी लगायत स्थानमा बिहान १० बजेदेखी सडक अवरुद्ध गरिएको हो ।
नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोक नजिक ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिदाँ साइकल यात्री दैलेख, नारायण नगरपालिका वडा नम्बर ५ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ निवासी तेजन थापा मगरको मृत्यु भएको थियो ।
घटना भएको ४ दिन बितिसक्दा समेत पिडित पक्षले न्याय नपाएको बताउदै विभिन्न बिद्यालयका बिद्यार्थीहरु पनि पोसाक सहित सहभागी भएका छन् । घटनालाई प्रहरीले गम्भिर रुपमा नलिएको उनीहरुको आरोप छ ।
सडक अवरुद्ध हुँदा नेपालगन्ज कोहलपुर खण्डको सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । परिवार र आफन्तले मृतकको शव नै बुझेका छैनन् ।