spot_img

अत्यधिक चिसो बढेपछि राप्ती सोनारीका विद्यालय २ दिन बन्द

खिम प्रकाश डि.सी.
राप्ती सोनारी, पुष २०

अत्यधिक चिसो बढेपछि राप्ती सोनारीका विद्यालय २ दिन बन्द हुने भएका छन् । अत्यधिक चिसो भई सितलहर चल्न थाले पछि राप्ती सोनारी गाउँपालिकाले विद्यालयको पठनपाठन २ दिन बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिका भित्र सञ्चालित सामुदायिक र निजी बिद्यालयलाई दुई दिन बन्द गर्ने निर्णय गरेको हो ।
बदलिँदो मौसमले अत्यधिक चिसो हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको राप्ती सोनारी गाउँपालिकाका शिक्षा प्रमुख जिवन न्यौपानेले बताए । उनका अनुसार यही पुस २१ गते देखि २२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.