खिम प्रकाश डि.सी.
नेपालगंन्ज,पुष २३
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ ले विशेष सरसफाई अभियान कार्यक्रम गरेको छ । वडाको सरसफाईलाई मध्यनजर गर्दै हरेक शनिबार टोल टोलमा विशेष सरसफाई अभियान कार्यक्रम गर्दै आएको छ ।
आज १४औँ विशेष सरसफाई अभियान कार्यक्रममा बसपार्क पुरानो गेट अगाडि देखि सुरु गरिएको हो । विशेष सरसफाई कार्यक्रममा वडा न.ं ४ का वडा अध्यक्ष, वडा सदस्य, टोल विकास समिति अध्यक्ष लगाएत ४० जना स्थानिएको समेत उपस्थिति रहेको थियो ।
नेपालगंन्ज उ.प.न.पा वडा न.ं ४ का वडा अध्यक्ष गोपाल पुनका अनुसार बाटोको छेउमा पानी बग्नलाइ बनाएको ठाउँमा माटो जमेको छ, यो माटो निकालेर हामि सार्वजानिक जग्गाहरुमा भएका खाडलहरु पुरछौ । सरसफाई गर्न नगर पालिकाबाट ४५ जना कुचिकार आएर सरसफाई हुदैन हामी आफै लाग्न्ु पर्ने बताए ।
वडाको सरसफाई एकल प्रयासले मात्र सम्भव हुदैन, सबै वडा वडाबासी आफै अघि बढ्नुपर्ने बताए । अब वडाको सवै फोहोरहरु ब्यवस्थापन गर्नु पर्दछ ।, वडाबासीलाई यो विषयमा कडाई समेत गरिने वडा अध्यक्ष पुनले बताए ।
वडा अध्यक्ष पुनले भने सरसफाईका लागि हामीले टोल विकास समितीबाट सबै वडा वासीहरुमा जानकारी गराएका छौं । वडाले चालेको सरसफाई अभियान कार्य विपरित कसैले पनि कार्य गरेमा निजलाई स्थानिय सरसफाई ऐन अनुसार कारबाही समेत गरिने बताएका छन् ।