spot_img

नेपाल रेडक्रस सोसाइटी कचनापुर उपशाखाको सभापतिमा खड्का

खिम प्रकाश डि.सी
राप्तीसोनारी २५ पुस

नेपाल रेडक्रस सोसाइटी कचापुर उपशाखाको सभापतिमा अम्मर बहादुर खड्का चयन भएका छन । सोमबार राप्तीसोनारी गाउँपालिका वडा न। ८ शम्शेरगजमा सम्पन्न भएको कचनापुर उपशाखाको १८ औ साधारण सभा बाट खड्का सभापतिमा चयन भएका हुन । शाखाको उप सभापतिमा यमुना गोसाइ कोषाध्यक्षमा हर्क बहादुर विष्ट ,सचिवमा धनसिह वली सहचिवमा यम बहादुर रावत, सह कोषाध्यक्षमा रमा कुमारी पौडेल, महिला सदस्य सिता कुमारी वली लगाएत ११ सदस्य चयन भएका छन ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले रेडक्रस मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोच राख्ने सस्था भएकोे बताए । साथै रेडक्रसले राप्ती सोनारीमा हुने विपद लगायतका केही समस्याहरुलाई समाधान गर्ने गरेको बताए । अध्यक्ष पौडेलले निमार्णाधिन भवन बनाउनका लागि पालिकाले १२ लाख रुपैयाँ सहयोग गर्ने बताएका हुन् ।

त्यस्तै कार्यक्रममा बोल्दै पुर्व मन्त्री प्रेम बहादुर भण्डारीले रेडक्रस सोसाइटी कचानापुर उपशाखाको निमार्णाधिन भवन बनाउन हामी सबैले सहयोग गर्नु पर्ने बताए । उनले रेडक्रसले एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचारलगायतका मानकल्याण कार्य गर्दै आएको स्मरण गरे ।

कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष सालिकराम डाँगी र राप्ती सोनारी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारुले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा उपाशाखा स्थापनामा महत्वपुर्ण योगदान पुर्याउने ८ जना आजिवन सदस्यहरुलाइ सम्मान गरिएको थियो । हालसम्म शाखामा १ सय ९८ जना सदस्य रहेका बता,
कचनापुर उपशाखाका निर्वमान सभापति नरेन्द्र कुमार पौडेलको सभापतित्वमा भएको कार्यक्रममासामुदायिक वन, विद्यालयका प्रतिनिधिहरु एवं रेडक्रसका आजिवन सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.