सल्यान- बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारे र सल्यानको कुमाख गाउँपालिकाले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
पालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहने गरी पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थिए ।
प्रतियोगितामा प्रथम जनता माध्यमिक विद्यालय रागेचौरले नगत रु १५ हजार र प्रमाण पत्र, दोस्रो बुद्ध जनकल्याण माध्यमिक विद्यालयले नगत रु १० हजार र प्रमाण पत्र, तेस्रो जनकल्याण माध्यमिक विद्यालयले नगत ५ हजार र प्रमाण पत्र प्राप्त गरेका हुन ।
कुमाख गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द, योजना तथा अनुगमन अधिकृत मान बहादुर रावत, ६ नम्बर वडाध्यक्ष कर्ण बहादुर बि।क।, रोजगार संयोजक जीवन शर्मा, शिक्षा शाखा प्रमुख दीपक कुमार चन्द, वडा न। ३ नम्बर वडा सचिव निराजन केसी लगायत कर्मचारीहरु र बिभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो।