spot_img

स्वर्गिय गुप्ताको तेस्रो स्मृती दिवसमा विविध कार्यक्रम

बाँके- प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्तको तेस्रो स्मृती दिवसमा विभिन्न कार्यक्रम गरिएको छ । नेपाल प्रेस युनियन बाँके, नेपाल पत्रकार महासंघ र पन्नालाल गुप्त स्मृती प्रतिष्ठानले छुट्टा,छुट्टै कार्यक्रम गरेर आइतबार स्वर्गिय गुप्तालाई स्मरण गरेका हुन् ।
पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष समेत रहेका स्वर्गिय गुप्ताको स्मृतीमा महासंघले पनि आफ्नो कार्यालय श्रद्धाञ्जली कार्यक्रम गरेको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा आइतबार दिउँसो सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, स्वर्गिय गुप्ताका सुपुत्र एवम् पुर्वमेयर विजय गुप्ता, पत्रकार महासंघ बाँकेका सल्लाहकार डक्टप्रसाद धिताल, प्रेस सेन्टरका केन्द्रिय सचिव सिराज खान र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले योगदानबारे चर्चा गरेका थिए । महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन सचिव कमल डाँगीले गरेका थिए ।

तेस्रो स्मृती दिवसका अवसरमा पन्नालाल गुप्त स्मृती प्रतिष्ठान नेपालगन्जको आयोजनामा स्थानीय मानव सेवा आश्रममा आइतबार अपरान्ह भोजन गराइएको छ । प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रतिष्ठानका पदाधिकारी, आश्रमका पदाधिकारी, आश्रममा रहेका बृद्ध बृद्धा तथा बालबालिका लगायतको उपस्थिती रहेको थियो ।

प्रतिष्ठानले स्मृती दिवसको अवसर पारेर उक्त आश्रममा बसोबास गर्ने ब्यक्तिलाई खाना खुवाएको प्रतिष्ठानका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । उक्त कार्यक्रम सञ्चालन मानव सेवा आश्रम नेपालगन्जका संयोजक उर्विन सापकोटाले गरेका थिए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.